गजल

मैले बा गुमाएकाे छु,अामा गुमाएकाे छु
लाग्छ याे दुनियाँ हेर्ने,अाँखा गुमाएकाे छु

जाेगाएर ईज्जत राखे, लिलामी गर्दियाै
त्यहीँ दिनदेखि अासा,भराेसा गुमाएकाे छु
लामाे थियाे सफर अझै, मेराे जिन्दगीकाे
बिचमै पाईला राेकियाे,खुट्टा गुमाएकाे छु

अतित सम्झि झर्छन अाँसु, रहर थिए कयाैँ
जिन्दगीका लाग्छ सारा, कथा गुमाएकाे छु
पाउनु मात्रै माया हाेईन, याे कुरा ख्याल गर्नु
तिम्रा लागी कयाैँ ईच्छा,सपना गुमाएकाे छु ।
दाङ, बेलझुण्डी

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस