२०७९ माघ २४, मंगलबार

मेलानको स्थापना दिवसमा स्वास्थ्य शिविर

जेठ २६, २०७६  | १०५७ पटक पढिएको

२६ जेठ, तुलसीपुर / मेडिकल ल्याववोटरी एसोशियन अफ नेपाल (मेलान) को १४ औं स्थापना दिवसको अवसरमा तुलसीपुर–७ खर्चवामा निःशुल्क स्वास्थ्य परिक्षण तथा ब्लड ग्रुप क्याम्प सम्पन्न भएको छ ।

राप्ती बहिरा संघ दाङमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण तथा ब्लड ग्रुप परिक्षण गरिएको थियो । मेलान दाङका अध्यक्ष जयप्रकाश वलीको अध्यक्षता तथा मेलानका प्रदेश नंं. ५ का अध्यक्ष निमप्रसाद गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एक सय २० जना वहिरा बालबालिकाहरुको स्वास्थ्य तथा ब्लड ग्रुप परिक्षण गरिएको थियो ।

कार्यक्रममा राप्ती बहिरा संघकी कार्यक्रम निर्देशक प्रतिमा शर्मा, कार्यक्रम संयोजक देवा डाँगी, मेलानका प्रदेश ५ का सदस्य पानफुला चौधरी, राप्ती प्रादेशिक अस्पतालका प्रयोगशाला इञ्चार्ज पदमानव घिमिरे लगायतले बोलेका थिए ।

सो अवसरमा दिर्घायू पोलीक्लिनका डा. प्रकाश रावतलगायतका प्राविधिकहरुले सेवा दिएका थिए । मेलानका पूर्व क्षेत्रीय कोषाध्यक्ष शालिक गौतमको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण मेलान दाङका सचिव वुद्धिराज सापकोटाले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस