हवाई दुर्घटनामा दुई जनाको मृत्यु


२६ जेठ, न्यूयोर्क / संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले बताएको छ ।
विमानमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अध्ययनमा देखिएको छ । थप अनुसन्धान जारी छ । रासस÷सिन्ह्वा


साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस