२०७९ माघ १७, मंगलबार

फुटसलको उपाधी पब्लिक ज्ञानज्योतिलाई

जेठ २५, २०७६  | ७८५ पटक पढिएको

– लक्ष्मण बस्नेत
२५ जेठ, दाङ । दाङको तुलसीपुरमा सञ्चालित अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगितामा २०७६ को उपाधी पब्लिक ज्ञानज्योती तुलसीपुरले हात पारेको छ ।

तुलसीपुर युथ क्लबको आयोजनामा अरनिको खेल मैदानमा संचालित प्रतियोगिताको फाईनलमा गोरखा मावि तुलसीपुरलाई शून्यका विरुद्ध २ गोल अन्तरले पराजित गर्दै पब्लिक ज्ञानज्योतिले उपाधी उचालेको हो । उसले उपाधी सँगै नगद १५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्यो ।

फाइनलमा पराजित गोरखा भने उपविजेतामा चित्त बुझाउँदै नगद १० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्यो । उल्लेख्य दर्शकका बिच भएको रोमाञ्चक अनि शानदार खेलको पहिलो हाफ्मा गोल रहित बराबरी भएपनी दोस्रो हाफ्को सुरुवातमै पब्लिक ज्ञानज्योतिका जर्सी नं. ७ का हरि बुढामगरले पहिलो र १२ औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई २–० को जित दिलाउन सफल भए । प्रतियोगिता अवधिभर रेफ्रीको भूमिकामा राष्ट्रिय रेफ्री शिवहरी शर्मा र प्रकाश बिश्वकर्मा रहेका थिए ।

विद्यालय स्तरमा फुटसल खेलकुदको पहुँच अभिवृद्धि गर्ने र नव प्रतिभाहरुलाई फुटसल खेलमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका निजि तथा सामुदायिक विद्यालय गरि २० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष वरुण कुमार श्रेष्ठको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका शिक्षा युवा खेलकुद संयोजक अमर नेपाली माईकलको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको सञ्चालन भुपेश डाँगीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस