२०७९ माघ १७, मंगलबार

लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धि सडक नाटक प्रदर्शन

जेठ २४, २०७६  | ११७३ पटक पढिएको

२४ जेठ, दाङ / शान्तिनगर गाउँपालिकाको सहयोग एवं आवाज इन्टरनेसनल प्रा.लि.को आयोजनामा शुक्रबार शान्तिनगर तिन स्थित पातेटाकुरामा सडक नाटक प्रदर्शन गरिएको छ ।

लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले प्रदर्शन गरिएको पश्चाताप नामक उक्त सडक नाटकका पात्रहरुमा प्रतिक्षा बस्नेत, चेतना बस्नेत, तुल्सिराम बस्याल र निम बहादुर डाङ्गी रहेका थिए ।

सडकनाटकमा छोरा र छोरी बिच गरिएको विभेदलाई कलाकारहरूले आफ्नो प्र्स्तुती मार्फत दर्सक लाइ सन्देश दिएका थिए । पश्चाताप सडक नाटक को निर्देशन डिल्ली बस्नेत संगितले गरेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस संयोजक निराश पाण्डे ले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस