२०७९ माघ २४, मंगलबार

“संघीयताको धर्मअनुसार प्रादेशिक प्रशारण” : सञ्चार मन्त्री बास्कोटा

जेठ २४, २०७६  | ९१५ पटक पढिएको

२४ जेठ, तुलसीपुर / सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रेडियो नेपालको प्रादेशिक प्रशारण संघीयताको धर्मअनुसार सुरुवात गरिएको बताउनुभएको छ ।

रेडियो नेपाल प्रादेशिक प्रशारणको शुक्रबार उद्घाटन तथा आधुनिक स्टुडियो भवनको शिलन्यास गर्दै मन्त्री बास्कोटाले प्रादेशिक प्रसारण तत्काल दैनिक ३ घण्टासम्म कार्यक्रम उत्पादन सञ्चालन भएपनि भविष्यमा ६ घण्टासम्म प्रशारण सेवा बढाइने बताउनुभएको छ । रेडियो नेपालले पनि देश संघियतामै गएपछि प्रदेश संरचनाअनुरुप प्रशारण सेवा सुरु गरिएको बताउनुभएको थियो । रेडियो नेपालले प्रसारण सुरु गरेकोमा बधाइ ज्ञापन गर्नुभएको थियो । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री बास्कोटाले प्रसारणको लाभ पाँच नम्बर प्रदेशका जनताले नै लिने बताउनुभएको थियो ।

रेडियो नेपालले भाषा, भावना र आम जनताको मन जोड्ने काम गरेको बताउनुभयो । सबैको सहयोग र साथ लिएर रेडियो नेपाल जनताको आवाज बुलन्द पार्ने शसक्त माध्यम बनेको बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री बास्कोटाले विकास निर्माणका सवालमा देशले नयाँ इतिहास कायम गरेको भन्दै अनावश्यके हल्ला फैलाउनु निराधार भएको बताउनुभयो ।

सिङ्गापुरभन्दा चार गुणा ठुलो दाङ विकासको गति पनि त्यहीअनुरुप अघि बढेको बताउनुभएको छ । हिजोको लाहुरे संस्कृतिलाई श्रम संस्कृतिका रुपमा बदल्ने जसका लागि नेपालमै स्वरोजगारका कार्यक्रम अघि बढाइएको बताउनुभएको छ । श्रम संस्कृतिबाटै सुखी र समृद्व नेपालको बाटोमा पुगिने बताउनुभयो । दाङमा ६ वटा टावर छिट्टै सञ्चालनको तयारी रहेको र ७ वटा निर्माणको चरणमा रहेको बताउनुभयो ।

अब प्रादेशिक प्रशारण कार्यालयबाट दैनिक ३.१५देखि ६बजेसम्म कार्यक्रम उत्पादन तथा प्रशारण गरिने रेडियो नेपालका नायक कार्यकारी निर्देशक बुद्विबहादुर केसीले जानकारी दिनुभयो । हाल पाँच नम्बर प्रदेशमा बाहुल्यता रहेका पश्चिमा थारु, मगर खाम र अवधि भाषाका साथै नेपाली भाषामा समाचार कार्यक्रम उत्पादन गरिने रेडियो नेपाल प्रादेशिक प्रशारणका प्रमुख गोकर्ण रेग्मीले जानकारी दिनुभयो । आधुनिक स्टुडियोको पनि शुक्रबार नै सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले शिलन्यास गर्नुभएको हो । २ करोड १७ लाख ७६ हजारको लागतमा निर्माण सुरु गरिएको हो । नौ महिनाभित्र भवनको निर्माण कार्य सम्पन्न हुनेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस