२०७९ माघ २६, बिहीबार

प्रथम वडा कप फुटबल तथा कबड्डी प्रतियोगीता आजबाट

जेठ २४, २०७६  | १०१४ पटक पढिएको

– कपिल लामिछाने
२४ जेठ, दाङ । शहिद पुष्ष, नारायण, कृष्ण स्मृतिको सम्झनामा शुक्रबारबाट सुरु भएको प्रथम वडाकप फुटबल तथा कबड्डी प्रतियोगीताको बिजौरी क्याम्पस परिसरमा उद्घाटन गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को सहयोग तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ युवा सञ्जालको आयोजनामा हुने उक्त खेल जेष्ठ २६ गतेसम्म चल्ने बताईएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नेकपाका युवा नेता मनोहर बुढाथोकीले युवाहरुमा जोस र जाँगर फैलाउन अहिलेको सरकारले खेलकुदमा ठुलो लगानी गरेको र त्यहीँ अनुरुप राम्रा खेलाडीहरु उत्पादन भैरहेकोमा आफु खुसी भएको बताउँदै खेलाडीहरुलाई अनुशासित तरिकाले खेल खेल्न अनुरोध गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर १८ का वडा अध्यक्ष माधव वलीले खेललाई मर्यादित र अनुशासित बनाउन सबै खेलाडीहरुले रिष र अहमताको भावनालाई त्यागी राम्रो खेल प्रदर्शन गर्न अनुरोध गरेका थिए । युवाहरु नै देशमा बलिया खम्बा भएकाले खेलको माध्यमबाट वडा नं. १८ को मात्रै नभएर जिल्ला र देशको गरिमा बढाउन राम्रो मेहनत जरुरी छ भन्दै सबै खेलाडीहरुलाई सफलताको शुभकामना दिएका थिए ।

वडा नं. १८ युवा सञ्जालका अध्यक्ष गणेश खड्काको अध्यक्षता तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष माधव वलीको प्रमुख आतिथ्यता एवम् तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक अमर नेपाली माईकलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रम युवा सञ्जालका सदस्य रोशन थापाको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सञ्चालन युवा सञ्जालका सचिव रोहित सुवेदीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस