२०७९ माघ २४, मंगलबार

हाते सिप तालिमको उद्घाटन

जेठ २२, २०७६  | १२०३ पटक पढिएको

– दिप्तीशिखा चौधरी
२२ जेठ, दंगीशरण । दंगीशरण गाउँपालिका वडा नं. ५ मा १ महिने वडा स्तरीय आधारभुत कटाई सिलाई तालिम र १५ दिने गुडिया बनाउने तालिमको उद्घाटन मंगलबार गरिएको छ ।

दलित सिप विकास तथा उत्थान केन्द्र दाङको आयोजनामा सञ्चालित तालिमको वडा अध्यक्ष दिपक गौतमले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गौतमले वडाका महिलाहरु आत्मनिर्भर बनुन् भन्ने उद्देश्यले तालीमको आयोजना गरेको बताए ।

सिपलाई व्यवहारमा उतारेर व्यवसायमूखी बन्न उनले आग्रह गरे । घरको कामकाजमा मात्र ध्यान दिने महिलाहरु अव बिभीन्न हाते सिपबाट आत्मनिर्भर बन्न सक्नुपर्छ वडाका लागि आवश्यक पर्ने जुनसुकै कार्यक्रम गर्न तयार रहेको वडा अध्यक्ष गौतमले बताए ।

सिप सिकौँ आत्मनिभैर बनौँ भन्ने मूल नाराका साथ आयोजना गरिएको तालिममा वडा न. ५ का स्थानीय महिलाहरुको सहभागिता रहेको छ । दलित सिप विकास तथा उत्थान केन्द्रकि अध्यक्ष राधिका परियार को अध्यक्षता तथा वडा अध्यक्ष दिपक गौतमको प्रमूख आतीथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको शहजीकरण सस्ंथाका सचिव छवी परियारले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस