२०७९ माघ १३, शुक्रबार

टमाटरभित्रकाे समाजवाद

जेठ २१, २०७६  | १५२७ पटक पढिएको

सुन्छु -बजारमा तरकारीकाे भाउ चुलियाे रे । तरकारीभन्दा टमाटरकाे दाम झन् उग्र भयाे रे ! एउटाले मजाकाे उट्केकाे थियाे फेसबुकमा -” टमाटर किन्न गएकाे, किन्न नसकेर जग्गा किनेर फर्किएँ ।” याे भनाइबाट सजिलै बुझ्न सकिन्छ टमाटरले अाजभाेलि साँच्चै दादागिरी देखाएकै छ कि ! हुन त याे देशमा जनताका लागि सबै उपभाेग्य वस्तुकाे भाउ बढिरहन्छ । स्कुल-कलेजका शुल्क हरेक साल बढ्छन् । गाडीभाडा त्यसै गरी चर्किन्छ । रासन-पानी-बिजुली -बत्ती पनि तँछाड् मछाड् गरी बढिरहन्छन् । भाउ नबढ्ने भनेकाे एउटै चिज छ ,त्याे हाे मान्छे । अथवा जनता । जनता अकालमा मर्छन् । जनता अाैषधी नपाएर मर्छन् , बच्चा जन्माउन नसकेर मर्छन्, बलात्कृत भएर मर्छन् र सबैभन्दा ठूलाे कुरा तिरस्कृत भएर मर्छन् । यस्ताे देशमा बढ्ने भनेकै टमाटरकाे भाउ हाे । धनिया-जिराकाे हाे । मान्छेकाे किमार्थ हाेइन।

मान्छेकाे भाउ किन घट्छ र टमाटरकाे भाउ किन बढ्छ ? याे पेचिलाे प्रश्न बनेर अाएकाे छ । सरकार समाजवादी चिन्तन लिएर शासन गरिरहेकाे छ । संविधानमै समाजवाद उन्मुख गणतन्त्र लिपिबद्ध गरिएकाे छ । यसकाे तात्पर्य नै के हाे भने श्रमजीवी वर्गकाे कुनै तरहले शाेषण नहाेस् र उनीहरूकाे अाजीविकाकाे सुरक्षण हाेस् । त्यसभन्दा माथि पनि समाजवादलाई डाेर्याउन सकिन्छ तर अहिलेलाई राेजीराेटीकाे न्यूनतम प्रत्याभूति हुने दफामा सीमित गर्दछु । अँ , सुनेकाे छु ,याे कृषि प्रधान देश हाे । बर्साैँदेखि सुगाले “राम राम कहाे पट्टु” भनेझैँ भट्टयाइराखेका छाैँ याे वाक्य । कृषि प्रधान देशमा किन फेरि टमाटरका निम्ति सारा जग पिराेलिएकाे छ ? टमाटर नै खाने हैसियत याे देशका नागरिकसित किन बन्दैन ? पक्कै पनि यहाँ गडबडी छ । त्याे गडबडी भनेकै समाजवादकाे मुखुण्डाे लगाउनु हाे । त्याे मुखुण्डाेभित्र पुँजीवादकाे खिर खानु हाे । हाे यस्तै यस्तै खाेल अाेड्ने रहरले यहाँ कुनै पनि व्यवस्था टिक्दैन । यस्ताे पाखण्डभन्दा बरू हाकाहाकी “हामी पुजीपति वर्ग निर्माण गर्न चाहन्छाैँ र त्यसलाई नै राज्यकाे सम्पत्ति पाेस्न चाहन्छाैँ भन्दा कम से कम सिद्धान्तच्युत भइँदैन ।( यद्यपि त्याे सिद्धान्त पनि ठीक हाेइन ) ।
सुनेकाे हुँ, टमाटरमा ठूलाे राजनीति भइरहेकाे छ रे । किसानबाट व्यापारीले कबाडीकाे मूल्यमा खरिद गर्दै किसानकाे पसिनामा अकुत अार्जन गरिरहेकाे छ , यता बिचाैलियाहरूले कार्टेलिङ गरेर जनतालाई टमाटरकाे भाउ सुनाएर बेहाेस पार्दैछन् रे । चामलभन्दा टमाटर महङ्गाे हुनु- सुन्दा पनि महा विडम्बना लाग्छ । अब कुनै दिन दूध भन्दा पानी महङ्गाे भयाे भने अाश्चर्य नमाने हुन्छ । किनकि सरकार केवल शब्दकाे समाजवादमा रमाइरहेकाे छ । तिनै माफियाकाे संरक्षणमा लागिपरेकाे छ । यसबाट एउटा गम्भीर अर्थ प्रकट हुन्छ – सरकार पुँजीवादकाे उत्थानमा गाेप्य रूपले कटिबद्ध छ । “टमाटर ” हेर्दा सानाे छ , सुन्दा तुच्छ छ तर यसैले देशभरि हाहाकार मच्चाउँछ भने याे अब सानाे शब्द रहेन ।

सामान्यत: समाजवादकाे नारामा यस्तै ससाना विषयले प्रश्रय पाउनुपर्ने हाे । श्रमिक किसानका पसिनाका थाेपालाई माेतीका दानासित तुलना गर्नु , तिनकाे श्रमलाई क्रान्तिका ज्वारभाटा पैदा गर्ने “विस्फोटक पदार्थका रूपमा व्याख्या गर्नु पनि समाजवादकाे प्राथमिक दर्शन हाे । यतिखेर ती शब्दावली बकम्फुस साबित हुन थालिसकेका छन् । हुन त क्रान्तिकारी पार्टीकाे एउटा विशेषता के हाे भने उनीहरूले सत्ता प्राप्त नगर्दासम्म क्रान्तिकाे उपादेयता सार्थक देख्छन् । जब सत्ता प्राप्ति हुन्छ , त्यस क्रममा देखा परेका यस्तै टमाटरे विकृति विरुद्धकाे क्रान्ति सर्वथा गलत र निषेधित भन्न थाल्छन्। हाे यही रवैयाले यहाँ क्रान्तिकारीहरू बुर्जुवा पुँजीपतिमा रूपान्तरण हुन थाल्छन् । अब मार्क्सकाे वर्गसङ्घर्ष र मजदुर वर्गकाे सत्ता प्राप्तिपछि स्थापित हुने समाजवादकाे जुन परिभाषा छ, त्यसमा थप कुरा राख्नुपर्ने अावश्यकता देखिन्छ । त्याे के हाे भने -” समाजवाद अाउने कुरा गर्दागर्दै त्यहाँ लाेभीपापीहरूकाे अभ्युदय भइहाल्छ र समाजवाद बीचमै तुहिन्छ ।” नेपालमा त १ अाउँदैन २ अाउँदैन ३अाउँदैन । यद्यपि समाजवादमाथि मेराे गहिराे श्रद्धा छ । यसले वर्गीय विभेदलाई मेट्छ र श्रमिक वर्गकाे हितार्थ काम गर्दछ । तर यति हुँदाहुँदै म अमेरिकी पुँजीवादभित्र सच्चा समाजवाद झ्याँगिएकाे पाे देख्दछु । हेर्नुहाेस् न हरेक समाजवादी चिन्तकका छाेराछाेरी अमेरिकामै अाफ्नाे भविष्य चम्काइरहेका छन् । त्यहाँ स्वास्थ्य, शिक्षा , राेजगारीकाे सुनिश्चितता प्रस्ट देखिन्छ । त्यहाँकाे बेराेजगारी र वृद्ध भत्ताले विश्वकाे कुनै पनि सहरमा सानदार जीवन बिताउन सकिन्छ । बच्चा जन्मिन पाउँदैन, उसका लागि सरकारले दूध र भिटामिनका बट्टा घरघरै पुर्याइदिन्छ । जत्ति सक्छाै कमाऊ , नसके ऋण काढेर भए पनि घिउ खाऊ भन्छ ।

सामान्यत: समाजवादकाे नारामा यस्तै ससाना विषयले प्रश्रय पाउनुपर्ने हाे । श्रमिक किसानका पसिनाका थाेपालाई माेतीका दानासित तुलना गर्नु , तिनकाे श्रमलाई क्रान्तिका ज्वारभाटा पैदा गर्ने “विस्फोटक पदार्थका रूपमा व्याख्या गर्नु पनि समाजवादकाे प्राथमिक दर्शन हाे । यतिखेर ती शब्दावली बकम्फुस साबित हुन थालिसकेका छन् । हुन त क्रान्तिकारी पार्टीकाे एउटा विशेषता के हाे भने उनीहरूले सत्ता प्राप्त नगर्दासम्म क्रान्तिकाे उपादेयता सार्थक देख्छन् ।

याे भन्दा ठूलाे समाजवाद के हुन्छ ? त्यसैले अमेरिका बाहिरबाहिर पुँजीवादी साम्राज्यवादी हाे भने भित्रभित्र समाजवादी । यता नेपाल संविधानत:कट्टर समाजवादी छ भित्रभित्र कठाेर पुँजी सङ्ग्रहवादी । तब याे देशमा टमाटरकाे अातङ्क नफैलिए कहाँ फैलन्छ ? तैपनि उपभाेक्तालाई मेराे सानाे प्रश्न छ – घरखेतै बेचेर टमाटर खानुमा के स्वाद छ हँ ! यति जाबाे राताे डल्लाे नखाँदा हाम्राे कति वजन घट्छ हँ ? के मुनाफाखाेरकाे षडयन्त्रकाे जालाे ताेड्ने हामीसित कुनै हतियार छैन र ? गान्धीले बेलायतीकाे नुन र कपडा बहिष्कार गरेका थिए । जापानिजहरू महङ्गिएकाे प्याज बहिष्कार गरेर बिचाैलियाकाे अभीष्ट तुहाइदिन सक्छन् भने हामीले त्याे राताे गेडाे दुईचार दिन नखाए सासै त जान्न हाेला ! त्यति गरिदिए त टमाटरकाे भुँडी अाफै चाउरिन्थ्याे नि ! अनि फेरि सरकारलाई यसरी सत्ताेसराप पनि गर्नुपर्ने थिएन । तर हामी जनता पनि उस्तै छाैँ , हामीलाई हाम्राे अादतले दास बनाएकाे छ र बढी मूल्य तिर्नुम‌ै अानन्द अाइरहेकाे छ । तब न बढ्छ भाउ टमाटरकाे । अनि हाम्राे अार्थिक प्रशासन छिन्नभिन्न हुँदै जान्छ र मुठ्ठीभरका मुनाफाखाेरहरू त्यही कालाे धनकाे अाडमा फेरि सत्ता किन्न थाल्छन् र समाजवादकाे खिल्ली उडिरहन्छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस