२०७९ माघ १३, शुक्रबार

स्कुल स्कुलमा नमूना यूवा सांसद

जेठ १७, २०७६  | ११११ पटक पढिएको

– दिप्तीशिखा चौधरी
१७ जेठ, दंगीशरण / दंगीशरण गाउँपालिकाका नमूना यूवा संसदका यूवाहरु स्कुल स्कुलमा बाल क्लव गठन गरेका छन् । समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी यूवा भन्ने मूल नाराका साथ उनीहरुले बाल क्लव गठन गरेका हुन् ।

दंगीशरण गाउँपालिका वडा न.२ स्थित मा.वि. मधपुरमा सिर्जना के.सी को अध्यक्षतामा १५ सदस्यीय बाल क्लव गठन गरिएको छ । जसको उपाध्यक्षमा कुमार मगर, सचिवमा करीभक्त के.सी, कोषाध्यक्षमा तनु के.सी रहेका छन् । यस्तै सदस्यहरुमा लक्ष्मी बस्नेत, चन्द्रकला के.सी, किरण चौधरी, दिपक डांगी, सन्दिप बि.क., तिलक खत्री रहेका छन् । यस्तै वडा न. ६ स्थित भानु मा.वि. मा करुणा वलीको अध्यक्षतामा १५ सदस्यीय बाल क्लव गठन गरेको हुन् । जसको उपाध्यक्षमा देवराज खनाल, सचिवमा रीता गिरी, कोषाध्यक्षमा संगीता चौधरी रहेका छन् ।

यसैगरी सदस्यहरुमा पुष्पा परियार, विनोद खड्का, हिरा भण्डारी, फुलमाया मगर लगाएतका रहेका छन् । स्कुल क्लव गठन,सकारात्मक सोच तथा सामाजिक संजालको प्रयोग, दुब्र्यसनी र बाल बिबाह न्यूनिकरण सम्बन्धि एकदिने परामर्श कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सकारात्म सोचका बिषयमा जानकारी गराएका थिए भने भानु मा.वि.का प्रद्यानाध्यापक पदम बहादुर वलीले लागु पदार्थ दुब्र्यशनका बिषयमा प्रष्ट्याएका थिए ।

यस्तै गाउँपालिकाकी प्रेस संयोजक दिप्तीशिखा चौधरीले बाल बिबाह न्यूनिकरण यूवा संसदका राष्ट्रपती रमीता चौधरीले बाल कलव गठन प्रक्रियाका बिषयमा जानकारी गराएकि थिईन् । प्रधानमन्त्री चक्रमिलन वि.कको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको शहजीकरण नमूना यूवा सांसदका प्रतीपक्ष दलका सांसद खुसीराम चौधरीले गरेका थिए । नमूना यूवा संसदले गाउँपालिका भित्रका ४ वटा सामूदायीक बिद्यालयमा बाल क्लव गठन गरेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस