२०७९ माघ २४, मंगलबार

दालमोटबाट आत्मनिर्भर बन्दै महिला

जेठ १६, २०७६  | ११०१ पटक पढिएको

– दिप्तीशिखा चौधरी
१६ जेठ, दंगीशरण / दंगीशरण १ गोल्टाकुरीका महिलाहरु दालमोट बनाएर आत्मनिर्भर भएका छन् । खाजाको रुपमा खाईने दालमोटबाट आत्मनिर्भर बन्ने सोचका साथ चार दिनको तालिममा सहभागी भएर उनीहरु दालमोट बनाउने सिप सिकेका छन् ।

निर्मला बुढाथोकिले दालमोट बनाउँने तालिम पाएर धेरै खुसी लागेको बताईन् । घरायसी र ब्यवसायीक बनाउँने यो तालिमले महिलाहरुका लागि ठूलो उपलब्धि भएको भन्दै अवका दिनमा यसलाई ब्यवसायीक रुपमा अगाडि बढाउँने बताईन् । प्रशिक्षार्थी दुर्गा वलीले भनीन् —“कसरी बनाउँछन् भन्दै खादैँ गरेको दालमोट अव त थाहाँ पाए सजिलै लाग्यो, आउँने दिनमा यस्ता नयाँ नयाँ सिप सिकाए त के गरम भन्ने दिन आउँथेन महिलाहरुलाई ।” हेम कुमारी चौधरी र चन्द्र कुमारी चौधरीले खाजाको रुपमा रोटि मात्र पकाउँन जान्ने हामी महिलालाई यो तालीमले ठूलो उपलब्धि दिएको बताईन् । गोलटाकुरी महिला साना किसान कृषि सहकारी सस्ंथा गोल्टाकुरीको आयोजना तथा दंगीशरण गाउँपालिकाको समन्वय एंव दंगीशरण गाउँपालिका वडा नं. १ त को सहयोगमा भएको तालिममा १ सय २० जना महिलाहरुले दालमोट बनाउने सिप सिके ।

साना किसान टरीगाउँ तुलसीपुरकि अध्यक्ष भगवता धिताल र उपाध्यक्ष बालीका पाण्डेले दालमोट बनाउँने प्रशिक्षण थिए । लक्षित वर्गका लागि जेठ १३ गते देखि १६ गते सम्म सञ्चालित दालमोट बनाउने तालिमको आज भएको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणका महिलाहरुलाई उधमी महिला भएको हेर्न चाहेको बताए । दंगीशरणलाई कुनै पनि क्षेत्र वा व्यवसायबाट समृद्ध बनाउन आवश्यक रहेको भन्दै अवका दिनमा हरेक घरका हरेक महिलाहरु सफल महिला बन्नुपर्ने बताए । महिलाहरुको वृद्धि विकासका लागि गाउँपालिकाले जस्तोसुकै कार्यक्रम गर्न तयार रहेको उनको भनाई थियो ।

 यस्तै वडा अध्यक्ष श्रीप्रशाद चौधरीले हिजोका दिनमा वडाका महिलाहरु घरायसी काममा मात्र देखिएको भन्दै अवका दिनमा ब्यवसायीक महिलाका रुपमा चिनीन आग्रह गरे । वडालाई सबै क्षेत्रबाट राम्रो बनाउनका लागि सबै लाग्नुपर्ने भन्दै महिला, जनजाति, दलित सबैका लागि समय सापेक्ष कार्यक्रम गर्न आफु सधै तयार रहेको बताए । गोलटाकुरी महिला साना किसान कृषि सहकारी संस्थाकि अधयक्ष डम्बर कुमारी डांगीको अध्यक्षता एंव गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतीथ्यता तथा वडा अध्यक्ष श्रीप्रशाख चौधरीको विशिष्ट आतिथ्यतामा तालीमको समापन भएको हो । कार्यक्रमको शहजीकरण सुमन चौधरीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस