२०७९ माघ १३, शुक्रबार

‘गणतन्त्रले स्थानीय तहमा अधिकार’ : नगरप्रमुख पाण्डे

जेठ १५, २०७६  | ७६१ पटक पढिएको

१५ जेठ, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले गणतन्त्रका कारण स्थानीय तहसम्म अधिकार आएको बताएका छन् । उनले गणतन्त्रले दिएका अधिकारहरुलाई संस्थागत गर्नका लागि जनतामा रहेको विकास र समृद्धिप्रतिको आशालाई सम्वोधन गर्नुपर्ने बताएका छन् । ‘गणतन्त्रको आभाष सामान्य जनताले पनि गर्नुपर्दछ’ उनले भने । नगरप्रमुख पाण्डेले समाजमा रहेका सवैखाले मान्छेहरुमा अधिकारको सुनिश्चितता भएको बताएका थिए ।

१५ औं गणतन्त्र दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका महिला तथा वालवालिका शाखाले आयोजना गरेको गणतन्त्र र अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रममा आधारित कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले उपमहानगरपालिकाबाट निर्माण भइरहेका नयाँ संरचनाहरु अपाङ्गमैत्री तवरले निर्माण भएको वताएका छन् । उनले संस्कार, कार्यशैली र सोचलाई अपाङ्गमैत्री वनाउनुपर्ने कुरामा जोड दिएका छन् । अपाङ्ता सोच पनि भएको भन्दै अवसर पाए सबैले विशेष काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्नुपर्ने कुरामा जोडल दिएका छन् ।

कार्यक्रममा बोल्दै वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछानेले अपाङ्ता भएकाहरुका लागि परिचय पत्र वितरणका लागि संवेदनशिलता अपनाउनुपर्ने कुरामा जोड दिए । वडा नम्वर १२ का वडाध्यक्ष सुर्यवहादुर डाँगीले अपाङ्ता भएकालाई आयआर्जन तर्फ लैजानका लागि वडाले काम गरिरहेको बताए ।

उपप्रमुख माया शर्मा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, राप्ती प्रादेशिक अस्पतालका मेसु डा. सर्वेश शर्मा, महिला शाखा सहायक माया श्रेष्ठ, लगायतले मन्तव्य राखेका थिए । महिला तथा वालवालिका शाखाले वडामै गएर अपाङ्गता परिचय पत्र वितरण गरिने जनाएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस