२०७९ माघ १३, शुक्रबार

बालविवाह रोक्न विद्यालय स्तरबाटै सचेतना जगाउनुपर्ने

जेठ १४, २०७६  | १११४ पटक पढिएको

१४ जेठ, तुलसीपुर / बढ्दो बाल विवाहलाई रोक्न विद्यालय स्तरबाटै सचेतना जगाउनु पर्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । ओरेक नेपालको आयोजनामा मगंलवार तुलसीपुरमा भएको विद्यालयमा हुने गरेको बालविवाहको कारण न्युनिकरणमा जोखिम विषयक १ दिने गोष्ठीमा बोल्ने सहभागीले यस्तो जोड दिएका हुन ।

ओरेक नेपालकी जिल्ला सयोजंक इश्वरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहागरपालिकाका शिक्षा शाखा संयोजक देवराज विश्वर्कमाले किशोर किशोरीले यौन तथा प्रजनन् स्वास्थ्यका कुराहरु खुलेर बाहिर ल्याउन नसकेको कारणले बालविवाह बढ्दो अवस्थामा रहेको बताए । उनले वालविवाह बढी मात्रामा हुने तर त्यो घटनालाई प्रहरीले उजुरी दर्ता गर्न नमान्दा यस्तो समस्या भएको बताए । सामाजिक सरकारले गर्दा राम्रो घरको परिवार आउँदा सानैमा बिहे गरिदिने परम्परालाई तोड्नुपर्ने समेत सहभागीहरुले जोडदिएका थिए ।

सो अवसरमा मावी कालाखोलाका प्रध्यानाध्यापक राजिव ओझा, अमर मावीका प्रध्यानाध्यापक पदम न्यौपाने, अम्बेश्वरी माविका प्रध्यानाध्यापक नुमानन्द शर्मा लगायतले बालविवाह न्युनिकरण गर्न सबै निकायले पहल चाल्नुपर्ने बताएका थिए । १ दिने गोष्ठीमा दाङका विभिन्न विद्यालयका प्रध्यानाध्यापक र व्यवस्थापन समितीका अध्यक्ष गरि २० वटा विधालयका प्रअ र अध्यक्षहरूको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण ओरेककी कार्यक्रम अधिकृत दिपा धितालले गरेकी थिइन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस