२०७९ माघ २४, मंगलबार

नमूना यूवा संसदको परामर्श कार्यक्रम

जेठ १४, २०७६  | १०१० पटक पढिएको

– दिप्तीशीखा चौधरी,
१४ जेठ, दंगीशरण / नमूना यूवा सांसद दंगीशरण गाउँपालिकाको आयोजनामा स्कुल क्लव गठन,सकारात्मक सोच तथा सामाजिक संजालको प्रयोग, दुव्र्यसनी र बाल विवाह न्यूनिकरण सम्बन्धि एकदिने परामर्श कार्यक्रम आज श्री सिद्ध पृथ्वी जनता उच्च मा.वि. श्रीगाउँमा सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सकारात्मक सोचले नै जीवन बदल्न सकिने बताएका थिए । कुनै पनि कुरा नकारात्मक भन्दा पनि सकारात्मक तरीकाले लिएमा सुन्दर देखिने बताउँदै जीवन लामो सम्म बाँच्नका लागि सकारात्मक सोच लिन जरुरी रहेको बताए । हरेक कामलाई सफल बनाउनका लागि सकारात्मक सोच लिन आवश्यक रहेको कुरामा जोड दिए । यस्तै वडा नं. ६ का अध्यक्ष टंक वलीले वडालाई बालविवाह मूक्त वडाका रुपमा परिचित गराउन बालबालिकाकै अहम् भूमिका रहेको भन्दै बाल क्लव मार्फत यस्ता कार्यक्रम गर्न सकिने बताए । बालविवाहले बालबालिकामा मानसिक तथा शारीरिक असर पर्ने भन्दै बेलैमा सजक हुन अध्यक्ष वलीले आग्रह गरे ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बागरका प्रहरी रुद्र बहादुर बुढाथोकीले लागु पदार्थ दुव्र्यसनबाट सचेत हुन आग्रह गरे । दुव्र्यसनमा फसेर सुधार केन्द्रमा जानु भन्दा बेलैमा सोच्नुपर्ने भन्दै १५ देखि २० वर्षको उमेरमा आफुलाई राम्रो बाटोमा अगाडि बढाउनुपर्ने बताए । विद्यालयका प्रधानाध्यापक हर्क बहादुर बुढाथोकीले विद्यार्थीहरु किताबी ज्ञान मात्र नभएर नेट ईन्टरनेटसँग पनि नजिक रहन आजको गहन विषय रहेको बताए ।

अबको यूवा देशलाई सहि दिशामा डोर्याउनका लागि आधुनिक शिक्षालाई पनि ग्रहण गर्नुपर्ने भन्दै सामाजिक सञ्जालसंग जोडिनु सकारात्मक पक्ष रहेको कुरामा जोड दिए । समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी यूवा भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा सपना डाँगीको अध्यक्षतामा १५ सदस्यीय पृथ्वी जनता उच्च मा.वि. बाल कलव गठन गरिएको छ । जसको उपाध्यक्षमा प्रविन के.सी, सचिवमा खगेन्द्र वली, कोषाध्यक्षमा रेखा डांगी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सोनु के.सी, पेशली वली, करण खड्का, सुदिप चौधरी, सिता बि.क लगायतका रहेका छन् । नमूना यूवा सांसदका प्रधानमन्त्री चक्र मिलन बि.क.को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण नमूना यूवा सांसदका प्रतीपक्ष दलका सांसद खुसीराम चौधरीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस