२०७९ माघ १३, शुक्रबार

निःशुल्क चश्मा तथा औषधी वितरण

जेठ १३, २०७६  | १२२६ पटक पढिएको

१३ जेठ, तुलसीपुर / राप्ती आँखा अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया गरिएका बिरामीहरुलाई निःशुल्क चश्मा तथा औषधी वितरण गरिएको छ । नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पताल र बबई गाउँपालिकाबिच मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया साझेदारी कार्यक्रम अन्तर्गत शल्यक्रिया गरिएका बिरामीहरुलाई चश्मा तथा औषधी वितरण गरिएकोहो ।

आइतवार गाउँपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा २२ जना मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको थियो । बिरामीहरुलाई अस्पतालका नेत्रविशेषज्ञ डा. सुरेश रसाइली, डा. कौशल पोख्रेल, प्रशासकिय अधिकृत किरण पौडेल , नेत्र अधिकृत शालिकराम गौतम लगायतले चश्मा तथा औषधी वितरण गरेका थिए ।

निःशुल्क मोतियाविन्दुको शल्यक्रिया सँगै चश्मा औषधी पाएको भन्दै बिरामीहरुले खुसी व्यक्त गरेका थिए । बबई गाउँपालिकाले यस आर्थिक वर्षमा त्यहाँका १०० ज्येष्ठ नागरिकहरुलाई उज्यालो प्रदान गर्ने कार्यक्रम राखेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस