२०७९ माघ १७, मंगलबार

कार्यालय प्रमुख शर्माको बिदाई

जेठ १२, २०७६  | १०९५ पटक पढिएको

१२ जेठ, तुलसीपुर । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायि समितिमा कार्यरत कार्यालय प्रमुख सहित तीन जनाएको आईतबार एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

पच्चीस वर्ष देखि कार्यरत कार्यालय प्रमुख सिताराम शर्मा, मोहन पुरी र स्वेच्छिक अवकास लिएका नारायण शर्मा पन्थिको संयुक्तरुपमा समितिका अध्यक्ष सुरेश हमालले खादा, अबिर र दोसल्ला ओढाएर सम्मान सहित बिदाई गरेका थिए ।

सो अवसरमा बोल्दै कार्यालय प्रमुख शर्माले अबको बाँकि जीवन समाज सेवा र राजनीतिमा बिताउने बताएका छन् । उनले खेलकुदको विकासमा समेत डटेर लाग्ने भन्दै आफ्नो कार्यअबधिभर पच्चीस वर्ष सम्म निरन्तर सहयोग गर्ने समिति परिवार र शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

सो अवसरमा बोल्दै समितिका अध्यक्ष सुरेश हमालले समितमा महत्वपूर्ण योगदान पुर्याउनु भएका तिनै जनाको कार्य दक्षताको चर्चा गर्दै समितिलाई यहाँसम्म ल्याउन अहम भूमिका खेलेको भन्दै धन्यवाद दिएका छन् ।

कार्यक्रमको सहजिकरण प्रशासनिक सचिव नारायण प्रसाद न्यौपानेले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस