२०७९ माघ १३, शुक्रबार

जनयुद्ध जितेर पनि जीवन जित्न नसकेकि कमाण्डर जितमायाद्वारा सहयोगको याचना

जेठ १२, २०७६  | १०१४ पटक पढिएको

– साक्षी खबर
१२ जेठ, दाङ । मुलुकलाई परिवर्तन गर्न दाङ तुलसीपुर २ कुमलगढी निवासी ममता चौधरी १० वर्षे जनयुद्ध लडिन् । उनीहरुजस्तै लाखौं नेपाली लडेको लडाईबाट जित हाँसिल गरियो, तर अहिले ममता जस्तै धेरै अलपत्र अवस्थामा छन् ।

उनीहरुकै लडाईबाट आएको मुलुकको गणतन्त्र, नयाँ संबिधानको आडमा धेरै नेता तथा कार्यकर्ताहरु सरकारी ढुकुटी रित्याएर बिदेश गएर उपचार गराउने गरेका छन तर ममता भने अहिले आफ्नो उपचारका लागि सडकमा भौतारिनु परेको छ ।

‘हामीले १० बर्ष लड्यौं, देशको लागि लडेको त्यो लडाई जित्न सफल भईयो’ उनले भनिन्‘ तर अहिले आफ्नो स्वास्थ्यका लाडि लड्दै छु, तर यो लडाईलाई जित्न सकिरहेकी छैन् ।’

रिपोर्टस् क्लब दाङमा भएको पत्रकार सम्मेलनमा उनले रुदै भनिन दुवै मिर्गौलाले काम नगर्ने भएपछि अहिले मेरो जीवन डायलासिसबाट चलिरहेको छ ।

अहिलेसम्म करिब ४० लाख बर्च भईसकेको छ, अब ३०र३५ लाख भए मात्रै उपचार सम्भव हुने भनी डाक्टरले सल्लाह दिएको उनी बताउछिन् ।‘ यहिले नियमित डायोलासिस गरिरहेकी छु’ उनले भनिन‘ श्रीमानको मिर्गौला राख्ने भनिए पनि श्रीमानको मिर्गौला नमिलेपछि किनेर भएपनि मिर्गौला राख्ने योजना बनाएका छौं ।’

अरुको मिर्गौला राख्नका लागि करिब ३० लाख भन्दा बढि लाग्ने डाक्टरले भनेपनि अहिले आफुसंग कुनै सम्पति नभएपछि आर्थिक सहयोग जुटाउन सडकमा भौतारिरहेको ममताले बताईन् । ‘श्रीमान् विदेश हुुनुहुन्थ्यो, मेरा दुवै मिर्गौलाले काम गर्न छोडेपछि आफ्नो मिर्गौला दिने भनी विदेशबाट छोडेर घर आउनु भयो’ उनले दुखेसो पोखिन तर श्रीमानको मिर्गौला पनि मिलेन्, श्रीमानले विदेशबाट ल्याएको पैसा पनि सबै सकियो, घरको जग्गा जमिन पनि सबै बेचिसक्यौं, आमाले पनि जग्गा बेचेर मेरो उपचार गर्नुभयो, अब हामी सहयोगीकै आशमा छौं ।’ अहिले उनका स–साना दुईवटा सन्तान छन् ।

एउटा छोरी र एउटा छोरा रहेको भन्दै उनीहरुलाई कसरी पालन पोषण गर्ने भन्ने अर्को चिन्ता थपिएको ममता बताउछिन् । ‘म आफै यस्तो अबस्थामा छु, सबै सम्पति उपचारमै सकियो, अब छोराछोरीलाई पनि कसरी पालन पोषण गर्ने, कसरी पढाई–लेखाई गराउने भन्ने चिन्ता छ’ उनले भनिन्‘ धेरै वर्ष देशको लागि लडे, अब मेरो स्वास्थ्य र छोराछोरीहरुका लागि लडिरहेकी छु ।’

तीन वर्षदेखिदेखि उनका दुबै मिर्गौलाले काम गर्न छोडेको उनी बताउँछिन् । उनले गएको वर्ष माघ महिनादेखि डायोलासिस गर्न शुरु गरेकी हुन् । त्यसयता नियमित डायोलासिस गरिरहेको उनको भनाई थियो । अहिले उनको काठमाडौं स्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा उपचार भईरहेको छ ।

आउँदा, जाँदा निकै पैसा खर्च हुने भन्दै राप्ती प्रादेशिक अस्पतालमा उपचार गराउने भनिएपनि मिर्गौला मात्रै नभई टिभिको पनि बिरामी भएकाले यसका लागि काठमाडौंमा नै उपचार गराउनु पर्ने उनले बताईन् ।

पत्रकार सम्मेलन रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।

चटपटे बेचेर मिर्गौला पीडितलाई सहयोग
चौधरीकै उपचारका लागि दाङ फेमिना ग्रुपले चटपटे व्यापार गरि संकलन भएको रकम हस्तान्तरण गरेको छ । मंगलबार तुलसीपुर बजारमा गरेको चटपटे ब्यापारबाट संकलन भएको १९ हजार दुईसय ३० रुपैँया सहयोग गरेका थिए । उक्त रकमलाई दाङ फेमिनाका शिक्षा श्रेष्ठले आईतबार पीडित चौधरीलाई हस्तान्तरण गरेकी हुन् ।

सहयोगको याचना
चौधरीले उपचारको लागि आर्थिक अबस्था कमजोर भएको भन्दै आईतबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि सहयोगको याचना गरेकी छिन् । त्यस अवसरमा बिभिन्न संस्था तथा ब्यक्तिहरुले सहयोग गरेका थिए ।

त्यस्तै तुलसीपुरको डिभाईन ईनिष्टिच्यूटका हिमाल डाँगीले पाँच हजार, तुलसीपुरका तुलाराम भण्डारले पाँचहजार एकसय ,जीवन ओलीले पाँच हजार एक सय पाँच सहयोग गरेका छन । त्यसैगरी रामशरण थापाले तीनहजार, कुमार भण्डारीले पाँचसय, जितेन्द्रराज गौतमले पाँचसय, पुस्कर सुनारले पाँच सय आर्थिक सहयोग
गरेका थिए ।

यस्तै तुलसीपुर जेसिजका अध्यक्ष मेघराज घिमिरेले पनि जेसिजको तर्फबाट संस्थागत रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । चौधरीलाई सहयोग गर्न चाहनेले उनको गोलबल आईएमीको खाता नं १००७०१०००९३२१ मा जम्मा गर्न सकिने छ । साथै त्यसैगरी मृगौला पिडित चौधरीको मोवाईल नम्वर ९८१२८०४७५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

 

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस