२०७९ माघ २४, मंगलबार

डेढ महिने बुटिक तालिमको समापन

जेठ १२, २०७६  | ९५९ पटक पढिएको

– निराश पाण्डे
१२ जेठ, दाङ / शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीले सिप सिकेर मात्र नहुने भन्दै सिकेका सिपलार्इ व्यवहारमा लागु गर्नु पर्ने कुरामा जोड दिएका छन् । शान्तिनगर गाउँपालिका वडा नम्बर पाँचको आयोजनामा सञ्चालित डेढ महिने बुटिक तालिमको समापन कार्यक्रममा बोल्दै यस्तो कुरा बोलेका हुन् ।

साथै डाँगीले शान्तिनगर गाउँपालिकामा कुनै पनि व्यक्ति बेरोजगार बस्न नपरोस् भन्दै गाउँपालिकाले विभिन्न सिप मुलक कार्यक्रमहरु संचालन गर्दै आएको बताए । वडा नम्बर पाँचका अध्यक्ष गिरिराज बस्नेतको अध्यक्षता एवं शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिङ्ग डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न महिला बुटिक तालिम समापन कार्यक्रममा प्रशिक्षक अनिता खड्का, सहभागी अनु खड्का र कलावती डाङ्गिले मन्तव्य व्यक्त गरेका थिए । डेढ महिने बुटिक तालिममा २३ जना महिलाहरुको सहभागीता रहेको थियो ।

तालिममा रेनु चौधरी प्रथम, कलावती डाँगी द्वितिय र लिलि चौधरी तृतीय भएका थिए भने तालिमको प्रशिक्षकमा मनिशा खड्का र अनिता खड्का रहेका थिए ।

उक्त तालिमको सहजीकरण वडा सचिव मिन बहादुर के.सी.ले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस