२०७९ माघ २६, बिहीबार

गाउँपालिकाद्वारा सय जना जेष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिदै

जेठ ११, २०७६  | ११२९ पटक पढिएको

– बालकृष्ण पाण्डे
११ जेठ, हापुरे (दाङ) ।
दाङको बबई गाउँपालिकाले एकसय जना ज्येष्ठ नागरिकको आँखामा लाग्ने रोग मोतियाबिन्दुका कारण आँखा बन्द भएका ज्येष्ठ नागरिकहरुलाई उज्यालो प्रदान गर्ने कार्यक्रम अन्तर्गत एकसय जनाको निःशुल्क शल्यक्रिया गरिने जनाएको छ ।

यसअघि गाउँपालिकाले पहिलो चरणमा ३९ जना आखाँका रोगिहरु मध्य २४ जनाको निःशुल्क शल्यक्रिया गरिसकेको छ भने बाँकिको उपस्थित भएमा गरिने गाउँपालिकाले जनाएको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत बबईगाउँपालिकाले जनकल्याण मावि पदमपुरमा आज मोतियाबिन्दु छनौट शिविर सञ्चालन गरेको हो ।

बबईगाँउपालिकाको आर्थिक सहयोग र राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा बबई गाउँपािलकाको हापुरेमा सञ्चालन भएको आँखा शिविरमा २ सय ८८ जनाले आँखा जाँच गराएको शिविरमा संलग्न डाक्टरहरुले बताएका छन् । ति मध्य ४१ जनामा मोतिया बिन्दु देखिएको छ । मोतिया बिन्दु देखिएका बिरामीहरुको भोलि देखी निःशुल्क शल्यक्रिया गरिने बबई गाउँपलिका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिएका छन् । तेस्रो चरणमा यहिँ १८ गते बबईगाउँपालिकाको वडान ३ हंसपुरमा मोतियाबिन्दु छनौट शिविर सञ्चालन गरिने बबईगाउँपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डेले जानकारी दिएका छन् ।

बबई गाउँपालिका र नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालबिच यस आर्थिक वर्षमा बबईगाउपालिकाका १०० जना ज्यष्ठनागरिककोे मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने सम्झौता भएको बबई गाउपालिकाका अध्यक्ष भु्वनेश्वर पौडेलले जानकारी दिएका छन् । मोतियाबिन्दुको सल्यक्रिया पश्चात् निःशुल्क चस्मा र औषधि पनि वितरण गरिने गाउँपालिकाले बताएको छ ।

निःशुल्क आयूर्वेद विशेषज्ञ शिवर सम्पन्न

यसैबिच निःशुल्क आयूर्वेद विशेषज्ञ शिविर पनि सम्पन्न भएको छ । शिविरमा पायल्स, ग्याँस्ट्राइटिस ताथ बाथरोग लगायतका रोगका गरि करिब ७ सय जनाले सेवा लिएका छन् । प्रादेशिक आयुर्वेद अस्पताल बिजौरीको आयोजना तथा बबई गाउँपालिकाको सहआयोजनामा एक दिनका लागी निःशुल्क सञ्चालन भएको आयूर्वेद शिविरमा उक्त बिरामीहरुले सेवा लिएको बबई गाउँपालिका प्रेस संयोजक बालकृष्ण पाण्डेले जानकारी दिएका छन् । शिविरमा सबै बिरामीहरुलाई ७ देखि १० दिन सम्मको लागी आयूर्वेदिक औषधी निःशुल्क रुपमा वितरण गरिएको र स्वास्थ्य अवस्थामा अलि धेरै समस्या भएकाहरुलाई भने प्रादेशिक आयूर्वेद अस्पताल बिजौरीमा बोलाइएको आयुर्वेद स्वास्थ्य सहायक बसन्त रावतले बताएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस