२०७९ माघ १३, शुक्रबार

महिला शसक्तिकरण तालिम सम्पन्न

जेठ ११, २०७६  | १५४८ पटक पढिएको

– साक्षी खबर
११ जेठ, तुलसीपुर / तुलसीपुर उपमहानगर पालिका वडा नम्वर २ मा भएको महिला शसक्तिकरण तथा प्रतिवेदन लेखन तालिमको शनिबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।

रिपोर्टस् क्वल नेपाल दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डि एस पि प्रेम बहादुर शाहीको प्रमुख आतित्थ्यता एवम् वडा नम्वर २ का अध्यक्ष राजु आचार्यको विशिष्ट आतिथ्यतामा भएको तालिम समापनमा बोल्दै प्रमुख आतिथि शाहीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न आग्रह गरेका थिए । शाहीले महिला माथि हुने हिंसा, बालविवाह लगायतका अपराधका विरुद्धमा महिलाहरु नै सचेत र जागरुक हुनुपर्नेमा जोड दिए ।

त्यसैगरि सो अवसरमा बोल्दै वडा अध्यक्ष आचार्यले स्थानीय तहको निर्वाचन पश्चात् वडाले महिला, दलित, बालबालिका लगायतको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको बताए । उनले वडावासीहरुको क्षमता अभिवृद्धिका साथै नेतृत्व विकास भए मात्रै समृद्ध वडा बन्ने भन्दै आगामी दिनहरुमा समेत निरन्तर रुपमा तालिमहरुको आयोजना गर्ने बताए । सो अवसरमा सहभागीहरु मिना चौधरी, भूमिका वली लगायतकाले तालिमले आफुहरुको क्षमता अभिवृद्धिका लागि धेरै भूमिका निर्वाह गरेको बताए ।

सो अवसरमा अधिवक्ता विष्णुमणि धिताल, रिपोर्टस् क्लव नेपाल दाङका महासचिव बिमल गौतम लगायतकाले बोलेका थिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ को सहयोग तथा रिपोर्टस् क्लव नेपाल दाङ शाखाको आयोजनामा तालिम भएको थियो । कार्यक्रको सञ्चालन सहभागी प्रशिक्षार्थी रिता डाँगीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस