कर्णाली डेभलपमेन्ट बैंकको १६ औं शााखा बिजौरीमा शुभारम्भ


– १० जेठ, तुलसीपुर (दाङ) / कर्णाली डेभलपमेन्ट बैकको १६ औँ शााखा दाङको बिजौरीमा शुभारम्भ गरिएको छ । नेपालगञ्ज प्रधान कार्यालय रहेको सुदुर तथा मध्यपश्चिमको पहिलो विकास बैंक कर्णाली डेभलपमेन्ट बैंकको विहिवार १६ औँ शाखा कार्यालयको बिजौरीमा कारोबार शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बैंकका कार्यकारी अधिकृत दिनेश कुमार रावतले बैंकको स्थापनाको १५ औं वर्ष पुरा भई १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा १६ औँ शाखा बिजौरीमा सञ्चालनमा आइ यस क्षेत्रका बासिन्दाहरुमा आफ्ना सेवाहरु विस्तार गर्न पाएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिजौरी उद्योग वाणिज्य सघंका अध्यक्ष मुकेश वलिले बैंकको सफलताको शुभकामना व्यक्त गरेका थिए । यस क्षेत्रका जनताको सेवाका लागी बैंकले सधैं सेवामुखी भावले काम गर्न उनले अनुरोध गरेका थिए ।
कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक निरज विक्रम शाह, बिजौरी उद्योग वाणिज्य सघंका सदस्य बिदुरराज गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साथै सो अवसरमा बैंकका विभागीय प्रमुख लगायत शाखा कार्यालय तुलसीपुर, घोराही र लमहीका शााखा प्रमखुहरुको समेत उपस्थिति रहेको थियो । कर्णाली डेभलपमेन्ट बैंकले ए.टी.एम, मोवाइल बैकिङ्, एबिबिएस, रेमिटान्स लगायतका बैकिङ् सेवाहरु शाखा कार्यालयहरु मार्फत प्रदान गर्दे आएको जनाएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस