२०७९ माघ २४, मंगलबार

विश्व शान्तीको कामना गर्दे ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालयको रजत महोत्सव

फागुन १२, २०७५  | १८९५ पटक पढिएको

तुलसीपुर,  ‘यहां हिंसा र घृणाकालागी कुनै स्थान छैन, विनय र विनम्रताका लागी हाम्रो इश्वरीय परीवारमा स्वागत छ’, यस्तै स्वागत गित सहित ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल राप्ती क्षेत्रको रजत महोत्सव एवं सम्मान कार्यक्रम भव्य समारोहबीच तुलसीपुरमा सम्पन्न भएको छ । आफु परीवर्तन भएर विश्व परीवर्तन गर्न सकिने आकांक्षा सहित २५बर्ष अघि तुलसीपुरमा स्थापना भएको शो केन्द्रले शो विश्वविद्यालय शिक्षा सन्चालनमा सहयोग पु¥याउने करीव एक सय जति व्यक्तित्वहरुलाइ सम्मान सहित रजतको दियो वालेको छ । संघिय संसदका सभामुख कृष्ण वहादुर महराले रजत महोत्सवको दियो वालेर महोत्सव एवं सम्मान कार्यक्रमको सुभारम्भ गरे ।

सयौंको सख्यामा ब्रह्माकुमारीज तथा ब्रह्माकुमारहरुको उपस्थीतिमा अत्यन्तै शालिन र शान्त प्रस्तुती सहित सम्पन्न महोत्सवमा सहभागिहरुले ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालयलाइ आध्यात्मिक चेतनाको नयां विद्यालयका रुपमा जनताले लिएको बताउंदै भौतिक विज्ञानको प्रगति र अध्यात्मिक चिन्तनलाइ समानान्तर रुपमा अघि बढाउन सुझाव दिएका थिए । रजत महोत्सवको उद्घाटन पछि प्रमुख अतिथि तथा सभामुख महराले हरेक नागरीकहरुले निषेधको संघर्ष नगरी रुपान्तरणकालागी गरीनुपर्ने सुझाव दिंदै सो विश्वविद्यालयले दिएको शिक्षाले मानव शरीरमा एउटा सकारात्मक सोंचको विकाश हुने विश्वास गरे । ‘तपाइहरुको यो विश्व विद्यालय एउटा आत्मिक चेतनाको नयां आयाम हो, जसले मानवलाइ शान्ति एवं समृद्ध बनाउन एउटा उर्जा दिइरहेको छ’—उद्घाटन मन्तव्यका क्रममा सभामुख महराले भने । साथै उनले हरेक व्यक्ति व्यक्तिवादी स्वार्थमा मोडिंदा समाजमा ठुलाठुला दुर्घटनाहरु भैरहेको उल्लेखगर्दै सामाजिक स्वार्थमा केन्द्रित हुन पनि आग्रह गरे । भौतिकवादी विकाश एवं अध्यात्मिक चिन्तनको मिश्रणले एउटा नया फल दिने आशय व्यक्त गर्दै महराले दुइ बस्तुहरु मिले फरक स्वाद र फरक गुणको अर्को बस्तु उत्पादन हुने पनि बताए ।

सफा कपडामा खल्ति खाली छन् तैपनि उनीहरु ब्रम्हाण्डका मालिक बनेका छन् भन्ने उत्साहकासाथ सुरु भएको रजत महोत्सवमा शुभकामना मन्तव्य दिंदै अर्का विशिष्ठ अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले पुर्विय दर्शनको गहिरो अध्ययनको आवस्यकता रहेको बताउंदै तुलसीपुरमा विश्व शान्ति केन्द्रको स्थापना गर्न सवैको साथ सहयोगको अपेक्षा गरे । ‘यहां धेरै प्राचिन एवं पुर्विय दर्शनहरुको अध्ययन र अनुसन्धान गर्ने प्रसस्त सम्भावना छ, तर यसमा आम नगरबासी एवं ब्रम्हकुमारीज विश्वविद्यालय जस्ता संघसंस्थाहरुको साथ र सहयोगको अपेक्षा गर्न चाहन्छु’—नगरप्रमुख पाण्डेले भने ।
कर्यक्रममा अर्का विशिष्ठ अतिथि तथा ब्रम्हाकुमारीज इश्वरीय विश्वविद्यालय नेपालका निर्देशक तथा अध्यक्ष परीणिता दिदिले अध्यात्मिक चिन्तन र सोंचले मात्र विश्वशान्ति संभव भएको बताउंदै मनको सुद्धिकरण अभियानमा विश्वविद्यालय लागीरहेको बताइन् । विश्वविद्यालयकि वर्तमान निर्देशक परीणता दिदि नेपालको पहिलो ब्रह्माकुमारी हुन् । गुरुङ समुदायको लाहुरे परीवारमा जन्मिएकि परिणिता १२ बर्षको उमेरदेखिनै ब्रह्माकुमारी बनेकि थिइन् । सो अवसरमा प्रमुख अतिथि तथा सभामुख कृष्ण वहादुर महरालाइ विशेष सम्मान एवं अभिनन्दन गरिएको थियो भने तुलसीपुरमा ब्रम्हाकुमारीज विश्व विद्यालय शाखा सन्चालनकालागी विशेष योगदान गरेको भन्दै ब्रह्माकुमार राजकुमार दादा र ब्रह्माकुमारी अनिता दिदीलाइ विशेष सम्मान गरिएको थियो ।
रजत महोत्सव कार्यक्रममा विभिन्न वाल कलाकारहरुले शान्तिगित सहित विभिन्न आध्यात्मिक प्रस्तुतीहरु देखाएर भरपुर मनोरन्जन दिएका थिए । दांत हासेको छ, तर आंत हासेको छैन, त्यसैले अव आत्मालाइ हसाउनुपर्छ, त्यसकालागी अध्यात्मिक चिन्तन मात्रै एउटा शास्वत विकल्प हो भन्ने उदेश्यका साथ स्थापना भएको सो विश्वविद्यालयले विश्वभरी कम्तिमा दश हजार शाखा खोलिसकेको छ ।

रजत महोत्सव कार्यक्रममा सो विश्वविद्यालयका महासचिव ब्रहमाकुमार शैलेशराज वराल, उच्च अदालत तुलसीपुरका न्यायधिसघष् शिवनारायण यादव तथा किशोरराज आचार्य, पत्रकार शरद रेग्मी समर्पित ब्रह्माकुमारीका तर्फबाट शोभा दिदि, नेपाली कांग्रेसका किर्ति वहादुर खड्का, महिला अधिकारकर्मि शुषमा घिमिरे, तुलसीपुर उपमहानगरपालिका— का वडाध्यक्ष नवराज लामीछाने, जग्गादाताको तर्फबाट महेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । रजत महोत्सव तथा सम्मान मुल समारोह समितिका संयोजक ब्रम्हकुमारी गिता दिदिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती क्षेत्रीय सचिव शिवलाल महताराले राप्ती क्षेत्रीय शाखा तुलसीपुरले २५ बर्ष सम्म सन्चालन गरेका विभिन्न क्रियाकलाप एवं गतिविधिहरुका विषयमा जानकारी गराएका थिए । रजत महोत्सव तथा सम्मान कार्यक्रमको सहजीकरण ब्रह्माकुमार माधव तिमिल्सेनाले गरेका थिए । सो अवसरमा संस्थाको स्थापना र सन्चालनमा सहयोग पु¥याउने ६३ जना व्यक्तिहरुको दिवंगत आत्माप्रति श्रद्धान्जली अर्पण गर्दै उनीहरुलाइ मरणोपरान्त सम्मान गरिएको थियो । गैरनाफामुलक संस्था विभिन्न व्यक्तिहरुको स्वेच्छिक दान सहयोगबाट सन्चालन हुंदै आएको त । शो विश्वविद्यालय विश्वमा एक मात्र नारी प्रधान तथा नारी नेतृत्वको संस्था हो ।

महिला शशक्तिकरण, युवा जागरण र अध्यात्मिक पथमा उल्लेख्य भुमिका निर्वाह गरेका कारण अन्तर्राष्ट्रिय शान्ति बर्ष २०४३ पुरस्कार तथा अन्तर्राष्ट्रिय शान्तिदुत पुरस्कारबाट समेत सम्मानित भएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस