२०७९ माघ २४, मंगलबार

“भ्रष्टाचारबाट जोगिन निर्देशन” – ज्ञवाली

जेठ ०७, २०७६  | १६२९ पटक पढिएको

– सुधासुमन ढकाल
७ जेठ, तुलसीपुर (दाङ) / नेपाल कम्युनिष्ट पार्टि नेकपाका स्थायी कमिटि सदस्य युवराज ज्ञवालीले अहिलेको अवस्थामा भ्रष्टाचारबाट जोगिनुपर्ने एकदमै आवश्यक भएको बताएका छन् । स्थानीय तहदेखि केन्द्र सरकार सम्म नेकपाले नेतृत्व गरिरहेको यो समयमा सम्पुर्ण जनप्रतिनिधिहरुलाई उनले एउटा सानो गल्तीका कारण पनि उनिहरुले गरेका राम्रा कामहरु छायाँ पर्ने हुुँदा एकदमै सचेत भएर काम गर्न आग्रह गरे । पछिल्लो समय नेपालमा भ्रष्टाचार दिनप्रतिदिन बढिरहेको भन्ने कुरा आइरहेका बेलामा भ्रष्टाचारबाट टाढै रहन सम्पुर्ण जनप्रतिनिधिहरुलाई ज्ञवालीले निर्देशन गरेका हुन् । जहाँ सुशासन हुन्छ त्यहाँ भ्रष्टाचार कम हुनेमा समेत उनले जोड दिए ।

हिजोदेखि नै देशको अर्थतन्त्र मुख्य रुपमा दलाल पुँजिवादिहरुको पकडमा भएको बताउँदै ज्ञवालीले सत्ता कम्युनिष्टको भएपनि अहिले पनि उनिहरुकै हातमा रहेको दाबी गरे । ‘‘हिजो कुनै पनि सजायबाट नढलेका हरुलाई पनि एउटा ब्रिफकेशले ढलाउन सक्छ, त्यसैले तपाई सम्पुर्ण आफु सजग भएर बस्नुस् अन्यथा यस्ता ब्रिफकेशको लोभमा पर्नुभयो भने तपाईको राजनीति, इज्जत, जनताको तपाईप्रतिको विश्वास सबै सखाप हुन्छ,’’ भन्ने कार्यकर्ताहरुलाई उनको सुझाव थियो । जुनसुकै ओहदामा भएपनि सबैले गर्ने भनेको नै जनताको सेवा हो त्यसैले जनता जे चाहन्छन् त्यहि गर्नुपर्ने उनको धारणा थियो ।

रिर्पोटर्स क्लव दाङ शाखाले मंगलबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकार विराट सम्भावना र गम्भिर चुनौतिहरुको दोसाँधमा रहेको समेत बताएका छन् । ‘‘संसारका उत्कृष्ट संविधानहरु मध्येमा हाम्रो संविधान पर्छ, हामी नयाँ प्रयोगमा जाँदै छौं यो हाम्रो लागी विराट सम्भावना हो भने कतै यसलाई हामी सहि सदुपयोग गर्न नजान्ने हौं की भन्ने चाहिँ गम्भिर चुनौति भित्र पर्छ’’ स्थायी कमिटि सदस्य ज्ञवालीले बताए । संसारका धनि देशहरुका मध्येका दुबै छिमेकी देशहरु भारत र चिनलाई संगसंगै लिएर जान सकेमा यो ठूलो अवसर हुन सक्ने स्पष्ट पारे ।

क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले बहुदलिय प्रतिस्पर्धाका आधारमा स्थानिय तह देखि केन्द्र सम्म बहुमत प्राप्त गरेर सरकार सञ्चालन गरेको विश्वको कम्युनिष्ट आन्दोलनको इतिहासमै यो पहिलो घटना भएको हुँदा यसलाई सहि सदुपयोग गर्न सकेमा अथवा सहि तरिकाले अघि बढाउन सकेमा संसारका कम्युनिष्टहरुका लागी उदाहरण बन्न सक्ने जिकिर गरे । भर्खरै राष्ट्रपतिले चिनसँग व्यापार प्रोटोकलमा हस्ताक्षर गरेको प्रसंगलाई ऐतिहासिक उदाहरणयोग्य काम भएको दावि गरे ।

सो अवसरमा उनले समाजवादको गलत प्रचार गरेको बताउँदै समाजवाद भनेको गरिवि बाँड्ने होइन सबै जनतालाई धनि बनाउने सिद्धान्त भएको स्पष्ट पारे । वर्तमान सरकारका काम कारवाहिबाट जनताहरुमा असन्तुष्टि छाएको स्विकार गर्दै उनले सरकारको कार्यावधिभित्र घोषणापत्रमा राखेका प्रतिबद्धताहरु पुरा गर्नेमा विश्वस्त रहन आग्रह गरे ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस