२०७९ माघ २४, मंगलबार

देविकोट मुस्लिम गाउँमा नियमित रुपमा पानी पुर्याउन योजनाको सुरुवात

जेठ ०७, २०७६  | १०८४ पटक पढिएको

– तिर्थराज ज्ञवाली
७ जेठ, देविकोट (देउखुरी दाङ) / राप्ती गाउँपालिकाको विकट बस्ती वडा नं. ९ का विभिन्न स्थानमा गर्मी मौसम संगै पानीका मुहान सुक्न थालेपछि नियमित रुपमा पानी पुर्याउन ठुला योजनाको सुरुवात गर्न थालिएको छ ।

राप्ती गाउँपालिका वडा न ९ को देविकोट मुस्लीम गाउँ, तल्लोटोल, माझटोल, करबराई टोल, ओख्ले टोल, नौटोला, पैरोटोल, घाटटोलका ३६ घरलाई धावखोलामा पानीको अभावका कारण हाल राप्ती गाउँपालिकाले टेक्टरबाट पानी ल्याई खाने पानीको व्यवस्था मिलाईएको छ ।

वडा नं. ९ का नागरिकहरु पानी नपाएर ब्याकुल भैरहेको अवस्थामा नागरिकले समय समयमा खानेपानीको व्यवस्था मिलाउन आग्रह गर्दै आएकोमा लामो दुरीबाट पानी खुवाउने व्यवस्था मिलाउन सबै लागेको स्थानीय बुद्धिजिवी दुर्योधन पाण्डेले बताएका छन् ।

महाभारत पर्वत तथा चुरेको दोहनका कारण पानीका मुल सुक्दै गएकोले नागरिकले पानीको अभावमा पीरोलीलै गएको र हाल वन संरक्षण तथा जनचेतनाको साथमा तत्कालीन अवस्थामा पानीको व्यवस्था मिलाउन सबै लागिरहेको देविकोट धार्मिक तथा पर्यटन विकास समितिका उपाध्यक्ष चन्द्र जिसीले बताएका छन् ।

यसै समस्यालाई यस आर्थिक वर्षको योजना अनुसार गाउँपालिका, वडा कार्यालय, नागरिक समाजहरुको प्रयासमा देविकोट मुस्लिम गाउँमा करिब १ किलोमीटर तलबाट आकाशे पानी संकलन कार्यक्रम अन्तर्गत घरघरमै पानी धारा पुर्याउने योजना अनुसार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको सहयोगमा प्रारम्भिक चरणमा २० लाख रकम बराबरको लागतमा लिफ्ट प्रविधिवाट पानी ट्याङकीमा पानी जम्मा गरि घरघरमा वितरण गर्ने योजना रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका सव ईन्जिनियर भरत केसीले जानकारी दिएका छन् ।

खानेपानी निर्माण समिति र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङ बिच सम्झौता भैसकेको र काम १, २ दिनमै सुरु गरिने साथै आगामी असारको १५ सम्म कार्यसम्पन्न गरिने योजना रहेको निर्माण समितिका अध्यक्ष मोहमद ईसा मीयाले बताएका छन् ।

विद्युतबाट खानेपानीको मोटर सञ्चालन गरिने भएकोले देविकोटबाट विद्युत लाईन विस्तारका लागी स्थानीय बासीले पोल गाड्ने काम तिव्र गरिरहेको विद्युत विस्तार समितिका अध्यक्ष सुलेमान मीयाले बताएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस