सवारी चालकहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण शिविर


शालिकराम मुसाफिर
बिजौरी, बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ सवारी चालकहरुका लागि एक दिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर शुक्रबार बिजौरीमा सञ्चालन गरिएको छ । साझेदारी कार्यक्रम, प्रहरी चौकी हेमन्तपुर र अस्थायी ट्राफिक प्रहरी पोष्ट बिजौरीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षता तथा तुलसीपुर १७ का वडा अध्यक्ष थलराज पुरीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले चालकको स्वास्थ्यका कारणले पनि सवारी दुर्घटना हुने भएकाले सवारी चालकहरुले नियमित रुपमा आफ्नो स्वास्थ्य परिक्षण गर्नुपर्ने धारणा राखेका थिए ।

वक्ताहरुले सवारी चालक तथा पैदल यात्रुहरुले ट्राफिक नियमको पूर्णरुपमा पालना गर्न सके दुर्घटना न्यूनिकरण हुने आवश्यकता औल्याएका थिए । ट्राफिक एक्लैको प्रयासबाट मात्र दुर्घटना न्यूनिकरण गर्न सम्भव नहुने भन्दै वक्ताहरुले सबै पक्षबाट ट्राफिक नियमको पालना गर्नुपर्न सम्बन्धित पक्षलाई आगह गरेका थिए ।
करीब ३ सय जना सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको उक्त शिविरमा उद्घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत जनक प्रसाद भण्डारी, जनता क्याम्पस बिजौरीका प्राचार्य माधव अधिकारी, ने.क.पा. पाँच नम्बर प्रदेश सदस्य राम बहादुर दहित, उद्योग वाणिज्य संघ बिजौरीका अध्यक्ष मुकेश वली, साक्षी खबर बिजौरीका प्रधान सम्पादक सुनिल कुमार पोख्रेल लगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

शिविरमा राप्ती आँखा अस्पताल रक्षाचौरका नेत्र सहायक डा. रोहित कडायत र आयुर्वेद अस्पताल बिजौरीका प्रमुख कैलास न्यौपानेको नेतृत्वको चिकित्सक टोलीले स्वास्थ्य परिक्षण गरेको थियो । जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख मदन बहादुर कवरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार शालिकराम मुसाफिरले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस