२०७९ माघ २१, शनिबार

वडा नं. ३ मा विकास निर्माणका कामहरु अन्तिम चरणमा

जेठ ०५, २०७६  | १०६५ पटक पढिएको

– दिप्तीशीखा चौधरी
५ जेठ, दंगीशरण / दंगीशरण गाउँपालीका वडा नं.३ मा विकास निर्माणका कामहरु अन्तिम चरणमा पुगेको छ । आज आईतबार अनुगमनका क्रममा अन्तिम चरणमा पुगेको पाईएको हो । वडा भित्रका बाटो, सिचाई, भौतिक संरचना लगायतका योजनाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा अध्यक्ष पूर्ण बहादुर चौधरीले बताए ।

वडा अध्यक्ष चौधरीको संयोजनमा आज आईतबार गोन्हन्या कुलो निर्माण योजना, हेकुली दिलसरा बुढाथोकीको घर देखि माया खोला सम्म सडक स्तरोन्नती योजना, जेग्रहजा खोलामा कल्भर्ट निर्माण योजना, हेकुली खोलीगाउँ सडक स्तरोननती योजना, रावतगाउँ डैटेवा टोल बस्ती सडक निर्माण योजना, रावतगाउँ सामुदायीक भवनदेखि भूईयार थान सम्म सडक स्तोरन्नती योजना, रावतगाउँ चौपारी तथा उत्तर दक्षिण सडक निर्माण योजना, चखौरा देखि रावतगाउँ भूईयारथान सम्म सडक ग्रोभेल, खड्कविरको घरदेखि माथिगाउँ जाने सडक निर्माण योजना, हेकुली सिचाई कुलो निर्माण योजना, जेग्रहवा लिप्ट सिचाई योजना, रावतगाउँ लिप्ट सिचाई कुलो निर्माण योजना, रावतगाउँ चौकदेखि टस्कर्वा सडक निर्माण योजना, विजुलीपुर पककी कुलो निर्माण योजना, विजुलीपुर खन्लेहवा घरदेखि रावतगाउँ सडक स्तरोन्नती, विजुलीपूर पक्की कुलो निर्माण योजना, चखौरा पूलचौक देखि मिरौली सम्म सडक स्तरोननती योजना, चखौरा धैरहवा सिंचाई कुलो योजना, चितानपुर जरुवा संरक्षण, चितानपुर सिंचाई कुलो निर्माण, हेकुली सिंचाई कुलो निर्माण, एकली मैनहवा सडक स्तरोननती योजना, एकली गाउँ सडक स्तरोन्नती योजना, जेग्रहवा कुलोमा कल्भर्ट निमार्ण योजना, हेकुली मा.वि. अधुरो भवन निर्माण योजना ,चितानपुर देखि चिरेगार सम्म सडक स्तरोन्नती लगाएतका समपन्न भएका योजनाहरुको अनुगमन गरिएको हो ।

वडा अध्यक्ष चौधरीका अनुशार वडामा जम्मा ३० वटा विकास निर्माणका योजनाहरु रहेका छन् । अनुगमनमा गाउँपालीकाका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा कुमारी खड्का, प्रमूख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, वडा सदस्य सुकलाल चौधरी, ईञ्जिनीयर अंकित आचार्य, सब—ईञ्जिनीयर जिवराज गिरी लगायतको टोलीले अनुगमन गरेको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस