२०७९ माघ २४, मंगलबार

आयोजना व्यवस्थापन समबन्धी एक दिने गोष्ठि दङगीशरणमा सम्पन्न

जेठ ०५, २०७६  | १११३ पटक पढिएको

– बालकृष्ण पाण्डे
५ जेठ, हापुरे ।
नेपाल सरकार तथा प्रदेशन ५ सरकार द्वारा प्राप्त समपुरक विशेष अनुदान कार्यक्रम अन्तर्गत आयोजना व्यवस्थापन सम्बन्धि एक दिने अन्तरक्रिया गोष्ठि दङगीशरण गाउँपालिकाको चखौरामा सम्पन्न भएको छ ।

दङ्गीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता एवं प्रदेश नं. ५ का लेखा समितिका संयोजक तथा प्रदेश शभा सदस्य डिल्ली चौधरी को प्रमुख आतिथ्यता एब तुसिपुर नगरपालिकाका मेयर घनश्याम पाण्डेको विशिष्ट आतिथ्यतामा गोष्ठि सम्पन्न भएको हो ।

प्रदेश नं. ५ ले दाङ जिल्लाका बबई गाउँपालिका, शान्तिनगर, दङ्गीशरण, बङगलाचुली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख प्रमुख प्रशासकिय अधिकृत र योजना शाखा प्रमुखहरुसँग सम्पुरक तथा अनुदानमा सम्पन्न हुने योजनालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय मा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश नं. ५ का लेखा समितिका सम्योजक तथा सभा सदस्य डिल्ली चौधरीले प्रदेश सरकार स्थानीय तहको विकासको लागि लागि पर्ने बताएका छन् । उनले स्थानीय तहको विकासका निमित्त प्रदेश सरकार र स्थानीय सरकारको सम्बन्ध प्रगाढ बनाउँदै ठुला योजना र लक्षित वर्गमा बजेट पुग्ने गरि योजना बनाइने बताएका छन् ।

बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको प्रशिक्षकमा आर्थिक मामिला तथा योजना मन्त्रालयका उप सचिब तिलक बहादुर खड्का रहनु भएको थियो । कार्यक्रमको सहजीकरण बबई गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत भिष्मकुमार मल्लले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस