२०७९ माघ २१, शनिबार

व्यवसायीमूलक कार्यक्रम सञ्चालन गर्न दलित महिलाहरुको माग

जेठ ०२, २०७६  | १०९० पटक पढिएको

– दिप्तीशीखा चौधरी
२ जेठ, दंगीशरण / दंगीशरण गाउँपालिकाका दलित महिलाहरुले गाउँपालिकाले महिलाहरुका लागि व्यवसायीमूलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

घरायसी भन्दा पनि समयअनुसारका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरुले बताएका हुन् । घरायसी काममा मात्र सीमित रहेको भन्दै उनीहरुले महिलाहरुको आवश्यक्ता अनुसार दालमोट बनाउने तालिम, अगरबत्ती, सावुन बनाउने, बुटिक, सिलाईकटाई, ब्यूटिपार्लर जस्ता व्यवसायमूलक तालिमको आफुहरुका लागि आवश्यक रहेको बताए । दलित सम्बन्धी बजेट र कार्यक्रमका विषयमा समन्वयात्मक बैठक तथा छलफल कार्यक्रममा उनीहरुले दलितहरुका लागि बजेट छुट्याउँदा नै कम छुट्याउँने गरेको गुनासो गरे ।

कार्यक्रममा दलित महिला ईन्द्रा नेपालीले वडाले आफुहरुका लागि कुनै पनि उपलब्धिमूलक कार्यक्रम नगरेको गुनासो गरिन । उनले अवको आर्थीक वर्षमा दलितहरुको माग र आवश्यक्ता लाई मध्यनजर गर्दै योजनाहरु राख्न जनप्रतिनीधिहरुलाई आग्रह गरीन् । त्यस्तै शान्ता परियारले महिलाहरुको कुनै पनि कार्यक्रममा अर्थपूर्ण सहभागिता नरहेको बताईन् । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काले गाउँपालिकाले दलितहरुका लागि बजेट तथा कार्यक्रममा कन्जुस्याई नगरेको र आगामि दिनमा पनि दलितहरुका लागि कार्यक्रम अझ धेरै बढावा दिने मनसाय रहेको बताईन् । वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर चौधरीले दलितहरुका लागि आफुले वडा बाट गर्न सक्ने कुनै पनि काममा कन्जुस्याई नहुने बताए । अध्यक्ष चौधरीले आफुलाई आवश्यक पर्ने कार्यक्रम तथा योजनाको खाका बनाई वडामा पेश गर्न आग्रह गर्दै आफुले त्यसलाई जसरी भएपनि योजनामा पार्ने बताए ।

दलितहरुको समस्या तमाम रहेको भन्दै उनले भएका कार्यक्रमको पनि सदुपयोग गर्नुपर्ने बताए । सो अवसरमा दलित संघका जिल्ला अध्यक्ष यूवा कराराले दलित महिलाहरु बजारको माग अनुशार कार्यक्रम गर्नेपर्ने सयम रहेको भन्दै दलित महिलाहरु स्वयम कमजोर रहेको बताईन् । उनले पछिल्लो समय क्षमता अभिवृद्धि, सिपमूलक कार्यक्रम संचालन भएपनि आफु स्वयम सुरक्षित जिवनका लागि स्वरोजगार हुन नसकेको बताईन् । उनले सिपमूलक कार्यक्रमबाट जिवनस्तर उकास्न आफै लागिपर्न आग्रह गरिन । यस्तै वडा नं. ३ कि दलित महिला सदस्य दिल कुमारी वि.क. ले दलित महिलाहरु सोचमा परिवर्तन ल्याई छुवाछुत मुक्त दंगीशरण निर्माण गर्नुपर्ने बताईन् । उनले वडाबाट दलित महिलाहरुका लागि कार्यक्रम सञ्चालन भईरहेको भन्दै आगामी वर्षहरुमा दलितहरुका लागि बजेट छुट्याई कार्यक्रम सञ्चालन गरिने बताईन् ।

यसैगरी वडा न. ६ कि दलित महिला सदस्य ममता परियारले दलित महिलाहरु आफुसंग समन्वय गर्न कहिल्यै नआएको बताईन् । दलित महिलाहरुका लागि आफुले केहि गर्न चाहेपनि समनवय नहुदा गाह्रो भएको बताईन । दलित संघका जिल्ला अध्यक्ष यूवा कराराको अध्यक्षता एवं गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमूख आतिथ्यता तथा वडा न. ३ का वडा अध्यक्ष पूर्ण बहादुर चौधरीको विशीष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । समग्र विकाशको अवरोध, जातीय तथा लैंगीक विभेद भन्ने मूल नाराका साथ दलित महिला संघ जिल्ला शाखा दाङको आयोजना तथा नामसालीङ विकास केन्द्रको सहयोग र वडा कार्यलय ३ को समन्वयमा भएको कार्यक्रमको शहजीकरण सितारा नेपालीले गरेकि थिईन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस