२०७९ माघ २१, शनिबार

गाउँपालिकाद्वारा मौरीपालकहरुलाई घार र आधार चाका वितरण

जेठ ०१, २०७६  | १४३९ पटक पढिएको

– निराश पाण्डे
१ जेठ, शान्तिनगर (दाङ) ।
शान्तिनगर गाउँपालिका कृषि शाखा चिराघाटले मौरीपालक किसानहरुलाई एक कार्यक्रमको आयोजना गरि माहुरीका घार र आधारचाका वितरण गरेको छ । शान्तिनगरमा रहेका ६ ओटा मौरी पालक समुह र ३ ओटा निजि उद्यमिहरुलाई तिनसय माहुरीका घार, आधार चाका र स्टेन्ड वितरण गरेको छ ।

कृषि शाखाको विनियोजित कुल चार लाख पचास हजार रुपैयाँ अन्तर्गत किसानहरुलाई पचास प्रतिशत अनुदानमा उक्त घार हरु वितरण गरिएको कृषि शाखाका प्रमुख यमकान्त पाण्डेले जनाएका छन् । शान्तिनगरमा रहेका ६ ओटा समुहलाई चालिस ओटाका दरले त्यसैगरि तिन ओटा निजि उद्यमीलाई दस ओटाका दरले र कृषि सहकारीलार्इ दस ओटा घार, आधार चाका र स्टेन्ड वितरण गरिएको छ ।

किसानहरु उक्त सामाग्री पाएपछि निकै हर्षित भएका छन्, भने माहुरिका घार वितरण निमित्त गाउँपालिका अध्यक्ष फर्सा राम डाङ्गी र प्रशासकीय प्रमुख निम बहादुर केसीले संयुक्त रूपमा वितरण गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस