२०७९ माघ २६, बिहीबार

साइप्रसमा एकजना नेपालीसहित ७ जना प्रवासी महिलाको हत्या

बैशाख ३१, २०७६  | ५९१ पटक पढिएको

३१ बैशाख, साइप्रस / साइप्रसमा गत साता मात्रै एक जना नेपालीसहित ७ जना महिलाको हत्या भएको छ । हत्या भएका ७ महिला एशियन मुलुकका नागरिक रहेको प्रहरीले जनाएको छ ।

साइप्रसका मिडियाका अनुसार अप्रिलदेखि अहिलेसम्म ७ जना प्रवासी महिलाको हत्या भएको जनाएका छन् । हत्या हुनेहरुमा एकजना नेपाली र चारजना फिलिपिन्सका महिला रहेका छन् भने दुई जना बालबालिका रहेका छन् ।

यो हत्याका विषयमा साईप्रसमा विरोध उत्पन्न भएको छ। हत्या गरिएका महिलाको परिचय भने गोप्य राखिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस