२०७९ माघ २६, बिहीबार

अग्नी पीडितलाई उद्योग वाणिज्य संघ सिसहनियाको सहयोग

बैशाख ३०, २०७६  | ११०९ पटक पढिएको

– तिर्थराज ज्ञवाली
३० वैशाख, सिसहनिया (देउखुरी दाङ) / अग्नी पीडित नवराज थापामगरलाई उद्योग वाणिज्य संघ सिसहनियाले प्रारम्भिक राहत सामाग्री सहयोग गरेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ५ लोसेमा राष्ट्रिय वनबाट सल्केको आगो शनिवार दिउसो ३ बजे तिर नवराज थापामगरको एउटा ठाँटी घर र दुई वटा गोठ जलेर खरानी भएको थियो ।

सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी, महासचिव ईश्वरी अधिकारी, सचिव मदन पोख्रेल तथा कार्यसमितिका पदाधिकारी सहितको टोलीले चामल, दाल, कपडा तथा नगद रुपैया सहयोग गरेको हो ।

आगलागीबाट घरधनी थापामगर घाइते समेत भएका थिए भने २ वटा बाख्रा, ४ वटा संगुरका पाठापाठी, लत्ताकपडा, गरगहना, अन्नपात र नगद ५० हजार गरि कुल ७ लाख बराबरको क्षति भएको पिडित थापामगरले जानकारी दिएका छन् ।

घाइते ७० वर्षिय थापामगरको सिसहनियाँ स्थित विष्ट पोलिक्लनिकमा उपचार भएको छ । विकट तथा भौगोलिक हिसावले पहाडी क्षेत्र भएकाले बारूत यन्त्र पुग्न नसक्ने ठाउँ तथा पानकिो अभाव भएकाले स्थानीयहरूले आगोलाई नियन्त्रणमा लिन नसक्दा घर र गोठ जलेर खरानी भएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस