२०७९ माघ १७, मंगलबार

गाउँपालिकाको न्यायिक समितिमा हाल सम्म २३ ओटा उजुरीहरु दर्ता

बैशाख ३०, २०७६  | १०५५ पटक पढिएको

– निराश पाण्डे
३० वैशाख, दाङ । शान्तिनगर गाउँपालिकाको न्यायिक समितिमा हाल सम्म २३ ओटा उजुरीहरु दर्ता भएका छ्न् । जस मध्ये २०७५ असार मसान्त सम्म कुल जम्मा ११ उजुरी दर्ता भएको र ६ ओटा सम्पादन भएको, ४ओटा सम्बन्धित निकायमा सिफारिस गरिएको र १ ओटा मिलापत्र हुन बाँकी रहेको न्यायिक समितीकि संयोजक मिथिला शाहले जनाएकी छिन् ।

त्यसैगरि २०७५ देखि २०७६ बैशाख सम्म १२ ओटा उजुरीहरु दर्ता भएको संयोजक शाहले जनाएकी छिन् । जस अन्तर्गत जन्म दर्ता १, जग्गा सम्बन्धि ५, बाटो सम्बन्धि १, गाली गलौज २ र अंश सम्बन्धि उजुरी दर्ता भएको गाउँ पालिकाका नायब सुब्बा मेघ लाल भुसालले जनाएका छन् । १२ विवाद मध्ये कार्य सम्पादन भएका ७, सम्बन्धित निकायमा सिफारिस भएका २ र मिलापत्र हुन ३ बाँकी रहेको जनाइएको छ ।

अहिले शान्तिनगरको न्यायिक समितिमा जम्मा जम्मी २३ ओटा उजुरीहरु दर्ता भएको जस अन्तर्गत १३ ओटा समाधन भएका, ६ ओटा सम्बन्धित निकायमा सिफारिस र ३ ओटा मिलापत्र हुन बाँकी रहेको नायब सुब्बा मेघलाल भुसालले जनाएका छन् । स्थानीय तहमा न्यायिक समितिको संयोजक उपाध्यक्ष एवं उपमेयर हुने व्यवस्था रहेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस