२०७९ माघ १३, शुक्रबार

“शैक्षिक वेथिति हाम्रो सामुहिक असफलता” : गगन थापा

बैशाख २९, २०७६  | ७३५ पटक पढिएको

२९ वैशाख, तुलसीपुर / नेपाली काँग्रेसका नेता गगन थापाले शिक्षा क्षेत्रमा व्याप्त वेथिति नेताहरुको सामुहिक असफलता भएको बताए । नेताहरुले शिक्षालाई प्राथमिकतामा राखेर काम नगरेका कारण धरासायी अवस्थामा पुगेको उनको कथन थियो ।

प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले शैक्षिक बेथिति अन्त्य नगर्दासम्म मुलुक समृद्ध हुन नसक्ने कुरामा जोड दिएका थिए । समृद्धि र समाज अवसरका लागि अहिलेको शैक्षिक अवस्थामा सुधार ल्याउनुको विकल्प नरहेको उनको भनाई थियो ।

शनिबार तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको वर्तमान शिक्षाको अवस्था र यसको परिवर्तन विषयक अन्तक्र्रिया कार्यक्रममा वोल्दै थापाले सरकराले स्थानीय तहको अधिकार खोस्दै लगेको प्रति आपत्ति जनाए । ‘स्थानीय तह सरकारका रुपमा रुपान्तरित भएको छ, शिक्षा जस्तो संवेदनशिल कुराको वारेमा आफैले कानुन वनाउन पाउनुपर्दछ ।’ उनको भनाई थियो । स्थानीय तहले स्थानीय आवश्यकता अनुसार कानुन निर्माण गरेर काम गर्न पाउनुपर्ने उनको तर्क थियो ।

कार्यक्रममा शिक्षाविद् केदार शर्माले शिक्षकहरु राजनीतिमा लिप्त भएका कारण शिक्षाको अवस्था विग्रदै गएको वताए । शिक्षा जस्तो सेवापूर्ण कुरामा राजनीति भएको प्रति उनको गुनासो थियो । कार्यवाहक नगरप्रमुख माया शर्माको अध्यक्षामा भएको कार्यक्रमको सहजिरकण प्रेस संयोजक बसन्त आचार्यले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस