२०७९ माघ २४, मंगलबार

फर्साराम देवकोटा स्मृति प्रतिष्ठानको २४ औं वार्षिक साधारणसभा

बैशाख २७, २०७६  | ११९२ पटक पढिएको

वैशाख २७/ मानपुर
प्रदेश नंम्बर ५ का सभाषद अमर वहादुर डाँगीले दैनिक जिवन शैलीमा रुपान्तरण गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
फर्साराम देवकोटा स्मृति प्रतिष्ठानको २४ औं वार्षिक साधारणसभाको प्रमुख अथितिको आसनवाट वोल्दै सभाषद् डाँगीले सो कुरा वताएका हुन । उनले भने – इतिहासवाट सिक्ने हो भन्दै अचेल केहि इतिहास तर्फ फर्कन थालेकोमा चिन्ता समेत व्यक्त गरे ।

दाङ जिल्लाको कम्युनिष्ट आन्दोलनमा स्वर्गिय फर्साराम देवकोटाको उल्लेखनिय योगदान रहेको भन्दै सभाषद् डाँगीले भने– स्व.फर्साराम देवकोटाका विचारमा लाग्नु पर्ने कुरामा जोड समेत दिए ।

कार्यक्रममा नेकपाका नेताहरु छविलाल वली, गिरीराज केसी, जिल्ला सदस्य पदम केसी, सिवानन्द डाँगी, १६ का वडाध्यक्ष भुपवहादुर के.सी.,नेपाल रेडक्रस सोसाइटी जिल्ला सभापति नारायण आचार्य, फर्साराम देवकोटा ग्रन्थका प्रधान सम्पादक पद्म प्रसाद शर्मा, डिला सुवेदीले स्व.फर्साराम देवकोटाका वारेमा वोलेका थिए ।
फर्साराम देवकोटा स्मृति प्रतिष्ठानका सदस्य अमर खड्काको स्वागत मन्तव्यवाट सुरुभएको उक्त कार्यक्रमको सहजीकरण सचिव उत्तर कुमार न्यौपानेले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस