२०७९ माघ १७, मंगलबार

कुवा निर्माणले जनतामा उत्साह

बैशाख २६, २०७६  | ११५६ पटक पढिएको

२६ वैशाख, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ साजखुट्टी र सिमलखुट्टीका जनतालाई लक्षित गरेर उपमहानगरपालिकाले कुवा निर्माण गर्न थालेको छ । खानेपानीको अभावमा खोलाको पानी खान बाध्य जनताहरुलाई लक्षित गरेर उपमहानगरपालिकाले ४ वटा कुवा निर्माण गर्न थालेको हो ।

‘जनताले धेरै दुख पाएपछि हामीले उपमहानगरलाई आग्रह गरेर कुवा निर्माणको पहल गरेका हौ’ स्थानीय समाजसेवी मोहन पौडेलले जानकारी दिए । समाजसेवी पौडेलका अनुसार एक महिना भित्रै कुवा निर्माण गरेर सञ्चालनमा ल्याइनेछ ।
स्थानीय सरकारले समस्या वुझेर कुवा निर्माण गर्न लागेको भन्दै स्थानीयवासीहरु निकै खुसी देखिन्छन् ।

उपमहानगरपालिको नगरस्तरिय योजनाका रुपमा राखेर करिव ३ लाख ५० हजारको लागतमा कुवा निर्माण गर्न थालिएको हो । ‘उपमहानगरपालिकाको आर्थिक सहयोगका साथै हामीले श्रमदान गरेर कुवा निर्माण गर्न लागेका हौ ’ समाजसेवी पौडेलको भनाई छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस