२०७९ माघ २६, बिहीबार

‘समयमै मकैको बिउ, किसान खुसी’

बैशाख २६, २०७६  | १२०८ पटक पढिएको

– दिप्तीशिखा चौधरी
२६ वैशाख, दंगीशरण (दाङ) / दंगीशरण गाउँपालिकाको कृषि शाखामा मकैको बिउ लिन आएका त्रिशक्ति कृषक समूहका घनश्याम रेग्मीले समयमै मकैको बिउ वितरण गरेको भन्दै खुसी व्यक्त गरे । उनले भने— “स्थानीय सरकारबाट यस्तै खोज्या हो हामी किसानहरु ट्याम गा बेला बिउविजन दिईन क्या काम बाली भित्र्याउने बेला बिउ दिएर के काम मकैँको बिउ समयमै पाईम खुसी लाग्यो ।” एकैछिनमा हतारिदै लक्ष्मी नारायण कृषक समूहका तोरण बहादुर रावत र लगनशिल कृषक समूहका विष्णु प्रसाद ढकाल हतारिदै कार्यालयमा आए । ५० केजीको बोरा लिएर गए । उनीहरुको भनाई पनि त्यहि थियो ।

यो वर्ष समयमै कृषि शाखाले मकैको बिउ उपलब्ध गरायो । कृषि शाखाबाट किसानहरुले पाउने सुविधा सधैँ समयमै पाईयोस् । कृषि बाटै आत्म निर्भर हुने हामी किसान समयमै बिउ नपाए के खाने हाम्रो समस्या बुझ्दिनु पर्यो । बुधवार एक कार्यक्रमका बिच २४ जना कृषक समूहहरुलाई मकैको बिउ वितरण गरेको छ ।

कृषि शाखाकी प्राविधिक यौगमाया कवँरले एक कार्यक्रमका बिच किसानहरुलाई मकैको बिउँ वितरण गरिन् । चमेली कृषक समुह दंगीशरण १, त्रिमुक्ति कृषक समूह, शिव मन्दिर कृषक समुह छर्कट्टा, कनरिया फुला कृषक समूह, काउली कृषक समूह रामपुर, बाढि पीडित कृषक समूह बाकिँ, हरियाली कृषक समूह, प्रगति कृषक समूह, लगनशिल कृषक समूह, हात्तिसार कृषक समूह रावतगाउँ, रानी जरुवा कृषक समूह, मूनाल कृषक समूह, शारदा कृषक समूह, हेकुली धनौरी कृषक समूह, रानी वन कृषि सहकारी संस्था दंगीशरण ३, लक्ष्मीनारायण कृषक समूह, हिमाल कृषक समूह दंगीशरण ४, अन्नपूर्ण कृषक समूह, हरीयाली टोल नमूना कृषक समूह, बालापुर जनकृषि सहकारी संस्था लि. दंगीशरण ५, त्रिशक्ति कृषि सहकारी संस्था लि., महंगु स्मृति महिला कृषि सहकारी संस्था लि. दंगीशरण ६, महंगु बुद्धि स्मृति सहकारी संस्था लि., मनिषा कृषि सहकारी संस्था दंगीशरण ७ लाई मकैको बिउ वितरण गरिएको हो ।

आर्थिक बर्ष २०७५/०७६ को स्विकृत कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा रामपुर कम्पोजिट नामक मकैको बिउ उपलब्ध गराईएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस