तुलसीपुर उपमहानगरपालिकामा ई लाईब्रेरी मोवाइल एप्लिकेसन संचालन


तुल्सीपुर, २६ गते
तुलसीपुर उपमहानगरपालिकाले “हर घरमा शिक्षाको ज्योती” भन्ने मुल नारा सहित मेयर घनश्याम पाण्डेको कन्सेप्टमा ई-लाईब्रेरी मोवाइल एप्लिकेसन संचालनमा ल्याएको छ । विद्यार्थिहरुका लागि पाठ्यसामाग्री, साहित्य प्रोमीका लागि साहित्य सिर्जना, मनोरञ्जनका लागि फिल्म किताब, नयाँ प्रविधीको जानकारीका लागि आइसिटी सम्बन्धी ज्ञान सामाग्री, क्रियटिभ सिकाई तथा बुझाईका लागि भिडियो पाठ्य सामग्री, किसानहरुका लागि तरकारी खेती सम्बन्धी ज्ञान, जटिल समस्या समाधान (Ctitical Thinking) गर्ने उपाय, अधिकारमा आधारित पुस्तक, लगाएतका सामाग्रीहरु एप्लीकेसनमा राखिएको कार्यालयकी सूचना प्रविधि अधिकृत ईञ्जिनियर प्रशंसा देवकोटाले जानकारी दिइन ।


तीन महिना अघि देखि संचालनमा ल्याइएको सो एप्लीकेसन गुगल प्ले स्टोरबाट डाइरेक्ट डाउनलोड गरेर हेर्न सकिन्छ । दैनिक एकसय बढी डाउनलोड गर्ने गरेको उनले वताइन । यसको प्रयोगहरुको सल्लाह सुझावको आधारमा सामाग्रीहरु थप गर्न सकिने उनको भनाई छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस