२०७९ माघ २४, मंगलबार

विद्यालयमा खाजा कार्यक्रम प्रभावकारी बन्दै

बैशाख २६, २०७६  | १८०१ पटक पढिएको

विजौरी, बैशाख २६ गते
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ र १८का केही विद्यालयमा खाजा कार्यक्रम सुरु भएको छ । शिशु कक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई वडा नम्बर १८मा रहेको जनकल्याण माध्यमिक विद्यालय, जनता संस्कृत माध्यमिक विद्यालयमा यसअघि कै कार्यक्रमलाई निरन्तरता दिइएको हो भने नेत्रलाल प्राविमा यसै वर्षदेखि सुरु गरिएको हो । त्यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको माध्यमिक विद्यालयले खाजा कार्यक्रम सुरु गरेको छ । शिशु कक्षादेखि ३सम्मका ३५ जना विद्यार्थीलाई बिहिवारदेखि खाजा कार्यक्रम सुरु गरेको विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर बस्नेतले जानकारी दिएका छन् । विद्यालयमा खाजा कार्यक्रम सुरुगरे सँगै विद्यार्थीको सिकाई क्रियाकलापमा सहयोग पुग्ने अपेक्षा लिइएको प्रधानाध्यापक बस्नेतले जानकारी दिए । विद्यालयमा आर्थिक विपन्न अवस्थाका विद्यार्थीहरुका लागि अभिभावकले खाजाखर्च जुटाउन नसक्ने भन्दै विद्यालयले स्थानीयको सहयोगमा खाजाखर्चको व्यवस्था गरेको स्थानीयतथा वडा नम्बर १९का वडा सदस्य केशरबहादुर पुनले बताए । स्थानीयले खाजाकालागिचना, गहुँ, चामल विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् । तुलसीपुर उमपहानगरपालिका वडा नम्बर १८मा रहेको जनकल्याण माध्यमिकविद्यालयमा वडा नम्बर १८को वडा कार्यालयले विद्यालयका कक्षा शिशुदेखि तिन सम्मका विद्यार्थीहरुलाई खाजा खर्चको व्यवस्थागर्दै आएको छ । शिशु कक्षादेखि कक्षा तीनसम्म अध्ययन गर्ने विद्यार्थीलाई खाजा कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालयमा विद्यार्थीलाई नियमित गराउन र पौष्टिक आहाराका लागि खाजा कार्यक्रम सञ्चालनमा ल्याइएको वडाध्यक्ष माधववलीले जानकारी दिएका छन् ।
खाजा कार्यक्रम सुरु गरेपछि विद्यालयमा विद्यार्थी नियमित हुने गरेको जनकल्याण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिएका छन् । विद्यार्थीले विद्यालयमा आएपछि पुरा समय सम्म कक्षाकोठामा रहने गरेको समेत अध्यक्ष विश्वकर्माले जानकारी दिए । विद्यालयले थप माथिल्लो कक्षामा पनि खाजा कार्यक्रमका लागि पहल थाल्ने तयारी गरिरहेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस