२०७९ माघ १७, मंगलबार

💘गजल 💘

बैशाख २५, २०७६  | १६६३ पटक पढिएको

म त एउटै सोच अनि विचारमा हुन्छु,
बोली अनुसार सधैँ व्यवहारमा हुन्छु,,

हजुरको डर लाग्ने गर्दछ कहिलेकाहीँ,
छोडी कतै जानुहुन्छकि दोधारमा हुन्छु ।

पाखे नभनी देउन् कसैले भन्नका लागि,
सहरमा पस्दा सधैंभरि म श्रृङ्गारमा हुन्छु,,

भविष्यमा राष्ट्रपति भएपनि नसोच्नुहोला,
म जनतासँग सफरमा न कि कारमा हुन्छु,,

मरेपनि बाँचेको महसुस हुनेछ त्यतिबेला,
गजल लेखी परिचित जब संसारमा हुन्छु ।।

नाम : भुमा डि. सी.
ठेगाना : घोराही–९, दाङ

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस