२०७९ माघ १७, मंगलबार

दृष्टिविहिन विद्यार्थीलाई सहयोग

बैशाख २४, २०७६  | १२३० पटक पढिएको

२४ वैशाख, तुलसीपुर / नेप्लीज ब्रिटिस कम्यूनिटि यू.के.ले तुलसीपुर–४ स्थित गुरुजजुर माविका दृष्टि विहिन विद्यार्थीहरुलाई विभिन्न शैक्षिक तथा भौतिक सामग्रीहरु सहयोग गरेको छ । दृष्टि विहिन विद्यार्थीहरुलाई चार लाख ५० हजार बराबरका सामग्रीहरु विद्यायलाई मंगलवार हस्तान्तरण गरिएको हो ।

तुलसीपुर –५ निवासी पूर्व विद्यार्थी मानबहादुर गुरुङको पहलमा विद्यार्थीहरुको छात्रा वासको लागि १२ सेट पलङ, २४ सेट सिरक डसना, ६ वटा डाइनिङ टेबुल, बेन्च डक्स ६ सेट, खाना खाने भाँडा, कुँडाहरु २४ सेट, इलेक्ट्रीक वाटर फिल्टर र ब्रेलकपि १० हजार हस्तान्तरण गरिएको हो ।

विद्यालयमा रहेका दृष्टि विहिन विद्यार्थीहरुलाई बस्न खान र पढाई लेखाईमा सहज पुर्याउने उद्देश्यले नेप्लीज ब्रिटिस कम्यूनिटि यू.के.संग आग्रह गरेपछि सो सामग्री सहयोग आएको गुरुङले बताए । उनले आगमी दिनमा पनि सहयोगको लागि पहल गर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रणवकुमार खड्काको अध्यक्षता नेपाली काँग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको प्रमुख आतिथ्य एवं, तुलसीपुर उपमहानगरपालिकाका शिक्षा समितिका संयोजक देवराज विश्वकर्माको विशिष्ट आतिथ्यमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा सहयोग जुटाउन पहल गर्ने गुरुङलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नंं ९ का वडा अध्यक्ष घनस्याम ढकाल, वडा नं ४ का वडा सदस्य डिला परियार, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष समाजसेवी कृष्णकुमार गिरी, पूर्व अध्यक्ष सुरेन्द्रबहादुर खड्का, राष्ट्रिय जनमोर्चाका नेता पूर्व विद्यार्थी भरत भण्डारीलगायतले गुरुजजुर मावि नमूना विद्यालय भएसंगै विद्यालयमा विभिन्न विकाश भएको भन्दै सवैले विद्यालयमा सहयोग गनुपर्ने बताएका थिए ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको वारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण शिक्षक प्रमोदकुमार न्यौपानेले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस