२०७९ माघ २१, शनिबार

दोस्रो जिल्ला स्तरिय पारा टेवलटेनिस सम्पन्न “धरम, सुरेश र अस्मितालाई स्वर्ण”

बैशाख २३, २०७६  | ११९४ पटक पढिएको

– लक्ष्मण बस्नेत
२३ बैशाख, दाङ / दोस्रो दाङ जिल्ला स्तरिय पारा टेवलटेनिस प्रतियोगिता २०७६ को मेन स्ट्यान्डिङमा धरम पुन र युमन स्ट्यान्डिङमा अस्मिता बुढाले स्वर्ण पदक हात पारेका छ्न् ।

दाङ जिल्ला प्रशिक्षण केन्द्र र दाङ जिल्ला टेवल टेनिस संघको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिताको मेन स्ट्यान्डिङ फाईनलमा दिपक भुसाललाई ३–१ को सेटमा पराजित गर्दै धरम पुनले स्वर्ण हात पारेका हुन् । फाइनलमा पराजित दिपकले रजत पदकमा चित्त बुझाउँदा शिवराज खड्का र गुरु प्रसाद चौधरीले तृतीय स्थान हासिल गरे । त्यस्तै युमन स्ट्यान्डिङको फाईनलमा निर्मला ओलिलाई डिसाडिङ गेममा ३–२ सेटको अन्तरमा पराजित गर्दै अस्मिता बुढाले स्वर्ण पदक हात पार्न सफल भईन् । निर्मलाले रजत पदकमा चित्त बुझाउँदा हरिकला भण्डारी र गिता सुनार तृतीय भए । मेन ह्विलचेयर तर्फ सुरेश बिकले स्वर्ण पदक हात पारे । फाइनलमा खिम बहादुर महतरालाई ३–२ सेटमा पराजित गर्दै सुरेशले स्वर्ण पदक हात पारेका हुन् । 

खिम बहादुर महतराले रजत पदकमा चित्त बुझाउँदा यज्ञ बिक र खुम बहादुर पुन तृतीय भए । त्यस्तै मेन तर्फ मस्कुलर डिस्ट्रवी मा छबि भण्डारी र आईसाईट फिजिकल च्यालेन्जमा कमला रोकाले स्वर्ण पदक हात पारे । प्रतियोगिता शसक्त र शान्दार प्रदर्शन गर्ने ५४ वर्षिय पारेश्वर न्यौपाने उत्कृष्ट खेलाडी घोषित भए ।

यसैबिच प्रतियोगिता दाङ जिल्ला टेवल टेनिस संघका उपाध्यक्ष अरुण लहरेको अध्यक्षता तथा टि.टि.फो नेपालका कोर्डिनेटर दिपक केसिको प्रमुख आतिथ्य एवं नेपाल पारा टेवल टेनिस संघका कोषाध्यक्ष सुशील गौतमको विशिष्ट आतिथ्यमा भएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथी, दाङ जिल्ला टेवल टेनिस संघका अध्यक्ष सिताराम शर्मा, संघका सचिव केशव प्रसाद श्रेष्ठ लगायतले विजेता खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सदस्य लक्ष्मण बस्नेतले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस