२०७९ जेठ २, सोमवार

पहिला अस्पतालका बेथितिहरु सल्टाउ

भदौ १६, २०७८  | ३२३ पटक पढिएको

केही दिनअघि राप्ती प्रादेशिक अस्पतालका मेसुलाई केही युवाहरुको समूहले कालोमासो दलेर फरार भए । फरार भएको एक दिनपछि उक्त कालोमासो दल्ने युवाले सामाजिक सञ्जालमा लाइभ आइ यो कारणले कालोमोसो दलेका हौं भनेर भने । हो धेरै अगाडीदेखि पनि उक्त अस्पतालका विषयमा समाचारहरु नआएका पनि होइनन् । तर अस्पताल प्रशासनले उक्त कुरालाई गम्भिररुपमा पनि लिन चाहेन । भनेको समयमा डाक्टरहरु नभेटिने, आफ्नो डिउटी समयसम्म पनि नबस्ने, प्राइभेट क्लिवनकहरुमा व्यस्त रहने आदि आदि । यस्ता घटनाहरु बेला बेलामा बाहिर आइरहन्थे तर पछिल्लो चरणमा यसैको प्रतिफल कालोमासो दल्नेरुपमा आयो भन्ने धेरैको बुझाइ पनि रहेको छ ।

साँच्चिकै उक्त घटना प्रकृति अलि फरक ढंगबाट भयो, तर कुरा उठान गरिएको चाहिँ ठिक छ । हो कालोमासो दल्नेको ठाउँमा उक्त मेसु या विकास समितिलाई एकै स्थानमा राखेर कुरा गरेको भए सायद छलफलबाट पनि केही निकास आउन सक्थ्यो कि ? तर यहाँका सरोकारहरुले उक्त अस्पतालप्रति त्यति चासो दिएको देखिदैन । अस्पतालका संरचना धेरै बने, बन्दै पनि छन् तर सेवा भने खुम्चिदै गएको छ । कतिपयले रिफरका रुपले पनि उक्त अस्पताललाई चिन्ने गरेका छन् ।

अस्पताल अस्पातल जस्तो हुन सकेको छैन । हामी पनि देख्न सक्छौं तुलसीपुरका क्लिनिकहरुमा बिरामीको घुँइचो छ । किन घुँइचो भयो यो विषयमा कुनै अस्पतालप्रति सरोकारवालाको कुनै चासो राखेको देखिदैन । डाक्टरहरुले जति सक्दो बाहिर जान चाहन्छन् । क्लिनिकहरुमा सेवा दिनमा व्यस्त छन् । यो किन भयो, यो रोक्नलाई के गर्नु पर्छ भन्ने विषयमा पर्याप्त छलफल नैं हुँदैन । हामी बिरामी आएनन् भनेर बस्ने की सेवा राम्रो दिने यो विषयमा कहिले गम्भिर बन्ने के सरकारी अस्पताललाई हामीले सधैं एउटै नजरले हेर्ने । अब जे जस्ता विगतमा भए भुलौं, अब अस्पताललाई अस्पताल जस्तो बनाउ, सबैले आ–आफ्नो तरिकाले जिम्मेवार भई भूमिका निर्वाह गरौं त अनि बन्छ अस्पताल ।

बेथितिले चुर्लुम्म डुबेको अस्पतालमा पहिला अस्पताल प्रशासनले, विकास समितिले आफुले आफैलाई एक पटक हेरौं, काम के हो, गर्नु पर्ने के हो, अनि बल्ल बन्छ अस्पताल । प्रथमतः पहिला अस्पतालका बेथितिहरुलाई सल्टाउन तर्फ अग्रसर बन ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस