२०७८ असोज ११, सोमवार

एकान्त टोल बिकास संस्थाको नवौ साधारणसभा सम्पन्न

भदौ १२, २०७८  | १४० पटक पढिएको

१२ भदौ, घोराही। दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित एकान्त टोल बिकास संस्थाको नवौ बार्षिक साधारणसभा आज (शनिबार) सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष शंकर गौतमको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा संस्थाका सचिव हेमराज शर्माले संस्थाले पछिल्लो एक वर्षमा भए गरेका गतिविधि र आगामी कार्यक्रमबारेमा जानकारी गराउँदै वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै संस्थाका कोषाध्यक्ष शरदकुमार आचार्यले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रस्तुत गरिएका प्रतिवेदनलाई सर्वसहमतिले पारित गरेको छ ।

एकान्त टोल बिकास संस्थाका उपाध्यक्ष शिवा शर्माको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभामा लिलाधर पन्थी, बासुदेव खनाल, तारा गौतम, केशव खनाल, इन्द्रमणि अधिकारी, टंक सुवेदी, हेमराज अधिकारी, नारायणप्रसाद शर्मा, नरदेव आचार्यलगायतकाले बोलेका थिए।

उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव हेमराज शर्माले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस