२०७८ असोज ११, सोमवार

अश्वारामा प्रहरी चौकी राख्न स्थानीयको माग

भदौ १२, २०७८  | १६० पटक पढिएको

१२ भदौ, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वाराका स्थानीयले असुरक्षाको कारण देखाउँदै प्रहरी चौकीको माग गरेका छन् ।

तुलसीपुर–हापुरे सडकको रोटेपानी र बाघमारे सडकको भमकेखोला रातको समयमा असुरक्षित भएको भन्ने व्यापक जनगुनासो आएपछि अश्वारामा बसेको सरोकाकारवाला निकायको बैठकले प्रहरी चौकीका माग गर्ने निर्णय गरेको हो ।

पछिल्लो समयमा गाउँमा लागुऔषध दुव्र्यसनीमा लाग्ने युवा र बालबालिकाको संख्यामा वृद्धि, कुटपिट, लुटपाट, वन पैदावार चोरी निकासी, र अबाञ्चित क्रियाकलाप बढ्न थालेपछि स्थानीय गम्भिररुपमा छलफल जुटेका हुन् ।

लागुऔषध दुव्र्यसनीमा फसेकाहरुरु रातको समयमा गहतेखोला, भमकेखोलालाई केन्द्र बनाएर बस्ने भएकाले रातको समयमा एक्लै यात्रा गर्ने सर्वसाधरण नागरिकलाई लुटपाट र कुटपिट गर्ने गरेका घटनाहरु सार्वजनिक हुन थालेपछि लम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय तुलसीपुर र तुलसीपुर उपमहानगरपालिका लगायतका निकायलाई प्रहरी चौकी स्थापनाका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

मितेरी टोल विकास संस्थाका अध्यक्ष कृष्णबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अमृत सामाजिक उद्यमी सहरकारी संस्थाका अध्यक्ष टेकनाथ कँवर, अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष शिवहरी भण्डारी, अश्वारा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुरमा बस्नेत, अश्वारा कृषि सहकारी संस्थाका अध्यक्ष शेषमणी शर्मा, रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, एकता टोल विकास संस्थाका अध्यक्ष यम प्रसाद सुवेदी, मायालु टोल विकास संस्थाका अध्यक्ष शान्तिलाल चौधरी, गौरी टोल विकास संस्थाका अध्यक्ष ताराबहादुर बस्नेत, समाजसेवी योगेन्द्र बहादुर शाह दिपक, नमुना टोल विकास संस्थाका अध्यक्ष हस्त बहादुर रसाईली, चेतना टोल विकास संस्थाका अध्यक्ष यमबहादुर विक लगायतले एकतावद्ध तवरले विकृति र विसंगतिका विरुद्ध लाग्नुपर्नेमा जोड दिएका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस