२०७९ माघ २४, मंगलबार

रुपाकोटमा महिला विकास समिति गठन

बैशाख २०, २०७६  | १४४४ पटक पढिएको

– तिर्थराज ज्ञवाली
२० वैशाख, मसुरीया (देउखुरी दाङ) / राप्ती गाउँपालिका वडा नं ९ को रुपाकोटमा श्री खड्केश्वरी महिला विकास समिति गठन गरि तालिम प्रदान गरिएको छ ।

राप्ती गाउँपालिका महिला बालबालिका तथा समाज कल्याण इकाईको आयोजनामा गठित समितिलाई अनुशिक्षण तालिम दिईएको छ ।

अनुशिक्षण तालिममा महिला विकास कार्यक्रम उद्देश्य, कार्यान्वयन विधि र भोलीको सोच, समुह गतिशिलता समुह के हो, किन हो र कसरी हो, बचत के हो, किन गर्ने र कसरी गर्ने, लैङ्गिकता लैङ्गिक भूमिका र शब्दावली, प्रजनन स्वास्थ्य परिभाषा नौ भाग र लिङ्ग निर्धारण, घरेले हिंसा के कारण र निवारणका उपाय, ग्रामीण व्यवसायको परिचय र व्यवसाय छनौट गर्दा ध्यान दिनुपर्ने कुरा, नेतृत्व, सञ्चार र सञ्चार सिपहरु, महिला सशक्तिकरणमा समुह सदस्यको अभिकार्य लगायतका विषयहरुमा प्रशिक्षक विनिता अधिकारीले प्रशिक्षण दिएका थिए ।

रुपाकोटमा श्री खड्केश्वरी महिला विकास समिति ५ समुहका ३० सदस्य रहेको समिति हो । कार्यक्रममा वडा नं ९ का अध्यक्ष रिम बहादुर सुनारी मगर तथा वडा सदस्यहरुको सहभागीता रहेको थियो ।

श्री खड्केश्वरी महिला विकास समितिमा सरिता पुन्जु अध्यक्ष, देउकला विक उपाध्यक्ष, लिला पुन सचिव, टुकमाया फुन्जा कोषाध्यक्ष, गीता कुमारी वि.क. सहसचिव तथा चार सदस्य रहेको समिति निर्माण गरिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस