२०७८ असोज ११, सोमवार

अफगानिस्तानबाट उद्धार उडानमा महिलाले जन्माइन् बच्चा

भदौ ०७, २०७८  | १४५ पटक पढिएको

७ भदौ, काठमाडौं । अफगानिस्तानबाट अमेरिकी एयरफोर्सको उद्धार उडानको क्रममा एक महिलाले बच्चा जन्माएकी छन् । उनले अमेरिका उडानका क्रममा जर्मनीमा बच्चा जन्माएकी हुन् ।

बीबीसीका अनुसार आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला ती महिलामा प्रसव पीडा सुरु भएको थियो । उनको अवस्था जटिल हुँदै गएपछि विमानका पाइलटले कम उचाइको उडान गरे ताकि विमानमा हावाको चाप बढोस् र ती महिलाको ज्यान बचाउन सहयोग होस् ।

युएस एयरफोर्सको सो विमान जर्मनीको रामस्टीन एयर बेसमा अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आएर बच्चा जन्माउन सहयोग गरेको थियो ।

आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको र उनीहरू नजिकैको अस्पतालमा रहेको बीबीसीले जनाएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस