२०७९ जेठ २, सोमवार

प्रहरी र शिक्षकबीच झडप हुँदा १७ जना घाइते

भदौ ०४, २०७८  | ४०३ पटक पढिएको

४ भदौ, धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । उक्त झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो ।

झडपमा परी घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

नगर शिक्षा समितिले गरेको दरबन्दी मिलानप्रति असहमति जनाउँदै शिक्षक संघले भीमदत्त नगरपालिकाको मूलगेटमा शुक्रबार तालाबन्दी गरेको थियो ।

नगरपालिकाको मूलगेटमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस