२०७८ असोज ११, सोमवार

कलेजोमा समस्या हुँदा यी लक्षण देखिन्छन्

भदौ ०२, २०७८  | २५६ पटक पढिएको

२ भदौ, काठमाडौं ।

हाम्रो कलेजो हाम्रो शरीरका लागि निकै महत्वपूर्ण अंग हो । त्यसैले यसको स्वास्थ्यबारे हामी निकै सचेत हुनुपर्छ । कलेजोमा समस्या हुँदा यस्ता लक्षणहरु देखिए कलेजोबारे समयमा नै सचेत हुनुपर्छः

चिलाइरहने छाला

हाम्रो छाला अत्यधिक चिलायो भने हामीले बुझ्नु पर्छ, कलेजोमा समस्या भएको हुनसक्छ । किनकि हाम्रो रगतमा कलेजो बिग्रिएर बाइल जम्मा भएमा हामीलाई अत्यधिक चिलाउँछ ।

छालामा विमिरा

छालामा ससाना फोका देखिएका छन् भने त्यसको कारक हुनसक्छ ओइस्ट्रोजेन हर्मोन । कलेजोले राम्रोसँग काम गरिरहेको छैन र हाम्रो मेटाबोलिजम कमजोर भएको छ भने यस्तो हुनसक्छ ।

रातो डोब देखिनु

हाम्रो छालामा कहिलेकांही देखिएको त हो भने राता डोबहरुलाई हामी बेवास्ता गर्न सक्छौँ । तर, कुनै चोट नलागी छालाबाट रगत बगेको छ भने वा राता दागहरु अत्यधिक देखिएका छन् भने हाम्रो कलेजोले राम्रोसँग काम गरेको छैन भन्ने हामीले बुझ्नु पर्छ ।

सास गन्हाउने

कहिलेकांही हामीले के खाएका छौँ भन्ने कुराले पनि हाम्रो सास कस्तो छ भन्ने निर्धारण गर्छ । तर, लामो समय गन्हाउने सास आउनुको कारण चाहिँ कलेजोले राम्रोसँग काम नगर्नु हो । कलेजो यसरी बिग्रनुलाई मेडिकल भाषामा फेटर हेपाटिकस पनि भनिन्छ ।

अत्यधिक रातो हत्केला

हाम्रो रगतमा हर्मोनको स्तर मिलेन भने हाम्रो हत्केला अत्यन्त रातो देखिन सक्छ, रगत नै चुहिन लागेको जस्तो । यो पनि हाम्रो कलेजो अस्वस्थ भएको हुनसक्ने लक्षण हो ।

काममा कन्सन्ट्रेट हुन नसक्नु

काम गर्न सकिरहनु भएको छैन र तपाईंलाई लागेको छ कि फेसबुक, भिडियो र अरु कुराले डिस्टर्ब गरेको छ ? यस्तो पनि हुनसक्छ । तर, कलेजोले राम्रोसँग काम नगर्दा हाम्रो रगतमा विभिन्न हानीकारक कणहरु हुन्छन् जसले हामीलाई काममा एकोहोरो बनाउन सक्दैन । यस्तो हुँदा पनि कलेजो परीक्षण गरेको राम्रो हुने चिकित्सकहरु सुझाव दिन्छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस