२०७८ कार्तिक ३, बुधवार

अविरल बर्षाले रामु थारुको घर भत्कियो

साउन २९, २०७८  | २७० पटक पढिएको

तुलसीपुर, २९ साउन । लगातारको अविरल बर्षाले गर्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलगनार निवासी रामु थारुको घर भत्किएको छ ।

रातभरि परेको अविरल बर्षादले शुक्रबार विहान ५ बजेतिर घर भत्किएको हो । विहान भएको र सबै घर बाहिर रहेकाले मानवीय क्षति भने भएन । तर, घर भित्र रहेको सम्पूर्ण सामग्री नष्ट भएको स्थानीय अगुवा महेश थारुले जानकारी दिए ।

उनका अनुसार घर भत्किएपछि वडाध्यक्ष चित्रबहादुर वलीलगायतको टोलीले घटनास्थलमा पुगेर अनुगमन गरेका थिए । स्थानीयहरुले उद्दार कार्य जारी राखेका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस