सुनचाँदीको मूल्यमा निरन्तर गिरावट


२७ साउन, काठमाडौं ।

सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । केही दिनदेखि निरन्तर आरालो लागेको भाउ बुधबार पनि कायम रहँदा छापावाल सुनको प्रतितोला मूल्य ८८ हवार ८ सय रुपैयाँमा आइपुगेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको गिरावटको असर नेपालमा पनि देखिएको हो । आजका लागि महासंघले तेजावी सुनको भाउ ८८ हजार ३५० रुपैयाँ कायम भएको छ ।

मंगलबार ८८ हजार ७५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । बुधबार चाँदीको प्रतितोला मूल्यमा पनि गिरावट देखिएको छ ।
मंगलबारभन्दा तोलामा १५ रुपैयाँले घटेर चाँदी प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस